+
+
Shares

पुनर्निर्माणका बाँकी काम सिध्याउन ६ खर्ब लाग्ने

अनलाइनखबर अनलाइनखबर
२०७५ भदौ ३१ गते २०:५८

३१ भदौ, काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पबाट क्षति भएका संरचना पुनर्निर्माणका लागि अब ६ खर्ब रुपैयाँ लाग्ने अनुमान गरेको छ ।

आइतबार अन्तर्राष्ट्रिय मुद्रा कोषका प्रतिनिधिसँगको छलफलमा प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले भौतिक संरचनाको पुनर्निर्माण र पुनर्स्थापनाका बाँकी काम सक्न ६ खर्ब रुपैयाँ लाग्ने बताएका हुन् ।

प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले चालू आर्थिक वर्षभित्रसम्ममा ३ खर्ब ३६ अर्ब रुपैयाँ खर्च हुने उल्लेख गर्दै त्यसपछि ६ खर्ब लाग्ने बताएका हुन् ।

२०७३ साल वैशाखमा प्राधिकरणले तयार पारेको विपद् पश्चातकको पुनर्लाभ कार्यढाँचामा पुनर्निर्माणका लागि ९ खर्ब ३८ अर्ब रुपैयाँ लाग्ने आंकलन गरेको थियो । पुनर्निर्माण सुरु भएको ३ वर्षमा प्राधिकरणले एक तिहाइ पनि रकम खर्च गर्न नसकेको देखिएको छ ।

प्राधिकरणले पुर्निर्माणमा पहिलो वर्ष २२ अर्ब, दोस्रो वर्ष ४९ अर्ब, तेस्रो वर्ष १ खर्ब १४ अर्ब रुपैयाँ खर्च गरेको थियो । पुनर्निर्माणका लागि चालू आर्थिक वर्षमा १ खर्ब ५१ खर्ब रुपैयाँ विनियोजन गरिएको छ ।

पुनर्निर्माणका लागि आवश्यक रकम जुटाउन सरकार र दातृ निकायसँग छलफल भइरहेको सीईओ ज्ञवालीले बताए ।

नेपालको  पुर्निर्माणका लागि  आयोजना गरिएको अन्तर्राष्ट्रिय सम्मेलनमा छिमेकी मुलुक सहित दातृ निकायहरुले प्रतिबद्धता जनाएको कूल ४ खर्ब १० अर्ब रुपैयाँ मध्ये ६७ अर्ब उद्धार तथा राहत सहितका कार्यक्रममा खर्च भइ ३ खर्ब ४३ अर्ब रहेकोमा त्यसमध्ये २ खर्ब ६२ अर्ब रुपैयाँको सम्झौता भइसकेको छ ।

‘पुनर्निर्माणका लागि विनियोजन गरिएको रकम खर्च गरी आवश्यक रकमको व्यवस्थापन र दातृ सम्मेलनमा व्यक्त प्रतिबद्धता अनुसारको रकम जुटाउन पहल गर्छौ’ प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले भने ‘पुनर्निर्माणका कामहरु अघि बढ्दै गर्दा आवश्यक रकम जुटाउन सहज हुनेछ ।’

अन्तर्राष्ट्रिय मुद्रा कोषका मिसन प्रमुख ग्रीर्ट अल्मेकिन्डर्सले पुनर्निर्माणको क्षेत्रमा पूँजीगत खर्च बढेकोमा प्राधिकरणको प्रशंसा गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?