Comments Add Comment

प्रधानमन्त्रीलाई निर्मलाका आमाबुबाको प्रश्नः हामीले न्याय पाउँछौं कि पाउँदैनौं ?

१ असोज, काठमाडौं । बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तका आमाबुबाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर छोरीको हत्यारालाई कारबाही गर्न माग गरेका छन् ।

अधिकारकर्मीहरुसहित निर्मलाका आमा दुर्गादेवी र बुबा यज्ञराज बालुवाटार पुगेका थिए । भेटमा आमा दुर्गादेवीले घटना विवरण सुनाइन् । कञ्चनपुरमा आन्दोलन हुँदा समेत न्याय नपाएकाले काठमाडौं आउनु परेेको उनले बताइन् । उनले भनिन्, ‘हामीले न्याय पाउने कि नपाउने ?’

नेकपा नेताको अपमानजनक व्यवहार

लगतै अधिकारकर्मीहरुले बोले । उनीहरुले प्रधानमन्त्री स्वयंलाई गलत रिपोर्टिङ भएको बताएका थिए । तर, बाजुराका पूर्वसांसद एवं नेकपाका नेता कर्ण थापाले प्रधानमन्त्रीकै अगाडि अपमानजनक व्यवहार गरेको उनीहरुको गुनासो छ ।

‘तपाईंहरु बढ्ता बोल्दै हुनुहुन्छ’ भन्दै हामीलाई अपमान गर्नुभयो,’ अधिकारकर्मी भारती चौधरीले भनिन् ।

ढाकछोप गर्न खोजेको छैनः ओली

जवाफमा प्रधानमन्त्री ओलीले भने आफूले घटनालाई ढाकछोप गर्न नखोजेको स्पष्टीकरण दिएका छन् । घटनामा संलग्नहरुलाई कारबाही गर्न टोली खटाएको भन्दै उनले भने, ‘निर्मला हाम्री पनि छोरी हुन् । भोलि अरुलाई यस्तो नहोस् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment