+
+
Shares

संसदीय समितिका सभापति चयन असोज ५ गते

अनलाइनखबर अनलाइनखबर
२०७५ असोज १ गते १५:०२

१ असोज, काठमाडौं । प्रतिनिधिसभाको विषयगत समितिको सभापतिको निर्वाचन असोज ५ गते हुने भएको छ ।

सोमबारको प्रतिनिधिसभाको बैठकमा सभामुख कृष्णबहादुर महराले संसदीय समितिको सभापति चयनका लागि असोज ५ गते विहान ११ बजे निर्वाचन कार्यक्रम राखिएको जानकारी गराए । त्यसअनुसार संसद सचिवालयलाई सूचना प्रकाशन गर्न पनि उनले निर्देशन दिएका छन् ।

मिनि संसद मानिने प्रतिनिधिसभाको समितिहरुको सभापति चयन हुन नसक्दा हालसम्म जेष्ठ सदस्यको अध्यक्षतामा बैठक सञ्चालन हुने गरेको छ । यसअघि पटक पटक सभापति चयनका लागि तोकिएको मिति सर्दै आएको छ ।

प्रतिनिधिसभामा १० वटा विषयगत र ३ वटा विशेष समिति रहेका छन् । विशेष समितिमा प्रतिनिधिसभा र राष्ट्रियसभा दुबै सदनका सदस्यको प्रतिनिधित्व हुन्छ । राष्ट्रियसभाको ४ वटा विषयगत समितिमा भने सभापति चयन भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?