Comments Add Comment

वीरगञ्जबाट तीन लाख मूल्य बराबरको कपडा बरामद

१ असोज, वीरगञ्ज । सशस्त्र प्रहरीले वीरगञ्जबाट भन्सार छलेर ल्याउँदै गरेको अवस्थामा ठूलो परिमाणमा कपडा बरामद गरेको छ । सशस्त्र प्रहरीले वीरगन्जको इनर्वा क्षेत्रबाट करिब ३ लाख मूल्य बराबरको अवैध कपडा बरामद गरेको हो ।

सशस्त्र प्रहरी टोलीले सिमा क्षेत्रमा रहेको विभिन्न चेकप्वाइन्ट तथा इनर्वा गाउँ क्षेत्र खेतबारीबाट तस्करीका कपडाहरु बरामद वीरगन्ज भन्सार नाकामा खटिएको सशस्त्र प्रहरी बल गुल्म -राजस्व तथा भन्सार गस्ती सुरक्षा)का सशस्त्र प्रहरी नायब उपरीक्षक तिलकबहादुर खड्काले जानकारी दिए ।

सशस्त्र प्रहरीले बरामद गरेको कुर्ता, सुरुवाल, साडी, जिन्स पाइन्ट लगायतका रेडिमेड कपडाको मुल्य ३ लाख २३ हजार ६ सय ५० रुपैयाँ रहेका अनुमान सशस्त्र प्रहरीले गरेको छ ।

चाडवाड नजिकिएसँगै भन्सार छली अवैध रुपमा चोरी पैठारी गरि महिला पोके तस्करहरुले भन्सार छेउछाउका नाकाबाट बोरामा राखी टाउकोमा कपडा बोकेर ल्याउने गरेका छन् ।

पोके तस्करीमा संलग्न महिलाहरु गस्ती टोलीलाई देखेपछि कपडाका पोका छोडेर भागेकोले उनीहरुलाई पक्राउ गर्न नसकिएको सशस्त्र प्रहरीले जनाएको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment