+
+
Shares

निर्मला हत्या प्रकरणः एसपी सिंहको नेतृत्वमा महिला प्रहरीको टोली कञ्चनपुरमा

अनलाइनखबर अनलाइनखबर
२०७५ असोज २ गते ११:१३

२ असोज, काठमाडौं । प्रहरी प्रधान कार्यालयले कञ्चनपुर १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणको अनुसन्धानका लागि प्रहरी उपरीक्षकको नेतृत्वमा महिला प्रहरीको टोली पनि खटाइएको छ ।

पीडित, स्थानीय महिलाअधिकारकर्मी तथा अन्यसँग समन्वय गरी अनुसन्धानलाई प्रभावकारी बनाउका लागि प्रहरी उपरीक्षक (एसपी) दुर्गा सिंहको नेतृत्वमा टोली खटाएको हो ।

‘महिला तथा बालिकासँग सम्बन्धित केश भएकाले अनुसन्धानलाई प्रभावकारी बनाउन सहज होस् भनेर महिला प्रहरीको छुट्टै टोली पनि पठाइएको हो’, एक उच्च प्रहरी अधिकारीले अनलाइनखबरसँग भने, ‘हामीले यो घटनाको अनुसन्धानका लागि कुनै कसर बाँकी राखेका छैनौं ।’

ती अधिकारीले घटनाको गम्भिरतापूर्वक अनुसन्धान भइरहेको बताउँदै चाँढै यर्थाथ विवरण सार्वजनिक हुने बताए ।

यो पनि पढ्नुस् 

निर्मला हत्याकाण्डः प्रहरी ५ ठाउँमा चुक्यो, अब के गर्ने ?

प्रहरी निलम्बनका विषयमा गृहमन्त्री र आईजीपीको मत बाझियो

निर्मलाका बुबाआमाले भेटे गृहमन्त्री, मन्त्रीले भने : दोषी नजिक पुग्दैछौं

निलम्बित एसपी विष्ट भन्छन्- ममाथि कोतपर्व भयो

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?