Comments Add Comment

पीएसभीका प्रशिक्षकले खेलाडीलाई सम्झाए – खेल नसकिँदै मेस्सीको जर्सी नमाग्नु

२ असोज, काठमाडौं । च्याम्पियन्स लिगका खेल मंगलबारबाट सुरु हुँदैछ । नेपाली समयअनुसार राति १०ः४० मा स्पेनिस क्लब बार्सिलोनाले नेदरल्याण्ड्सको क्लब पीएसभी इन्धोभेनको सामना गर्दै छ ।

अहिले खेलअघि पीएसभीका प्रशिक्षक मार्क भान बोमेलले खेलाडीहरुलाई सम्झाएको कुराले विश्व फुटबल जगत तातिरहेको छ । प्रशिक्षक बोमेलले खेल नसकिँदै लियोनल मेस्सीको जर्सी नमाग्नु भनेर आफ्ना खेलाडीलाई सम्झाएका छन् ।

‘मेस्सी कुनै अवार्ड नजिते पनि उत्कृष्ट खेलाडी हुन् । बार्सिलोनाविरुद्ध खेल्दा हाम्रा खेलाडी मेस्सीको जर्सीका लागि झगडा गर्लान् कि भन्ने डर छ । आशा गरौं हाल्फ टाइममै उनीहरुले मेस्सीसँग जर्सी माग्ने छैनन्’ प्रशिक्षक बोमेलले पत्रकार सम्मेलनमा भने ।

उनले आफ्नो व्यावसायिकता र खेल भावनाविपरीत कुनै काम नगर्न खेलाडीलाई सम्झाएका छन् ।

‘यदि हामीले बार्सिलोनाविरुद्ध राम्रो नतिजा निकाल्यौं भने खेलाडीहरु मेस्सीको जर्सीका लागि झगडै गरे पनि मलाई मतलब हुने छैन’ उनले भने ।

च्याम्पियन्स लिगको समूह बी मा पीएसभी, बार्सिलोना, इन्टर मिलान र टोटनहृयाम रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment