Comments Add Comment

कलेज दौडमा एलिजा र समुन्द्र

असोजको १२ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘अनुराग’ अहिले दर्शकमाझ चर्चित छ । यो चलचित्र चर्चित हुनुको मुख्यकारण हो, यसकी नायिका एलिजा गौतम । एलिजा पत्रकार ऋषि धमलाकी पत्नी हुन् । चलचित्रको गीतसंगीत र ट्रेलर सार्वजनिक भएपछि यसको राम्रै चर्चा भैरहेको छ ।

अब भने यो चलचित्रको निर्माण टिमले कलेजमा चलचित्रको प्रचार सुरुवात गरेको छ । नव-नायिका एलिजा गौतम र नव-नायक समुन्द्र पण्डितलाई लिएर यसको निर्माणपक्षले कलेज दौड सुरु गरेको हो । आज उनीहरु जोरपाटीस्थित समता कलेज र कौशलटारस्थित जनप्रेमी कलेजमा पुगेका थिए । नायक र नायिका नै कलेजमा आउँदा विद्यार्थीहरु उत्साहित देखिएका थिए ।

पत्रकार ऋषि धमलाको प्रस्तुतकर्ता रहेको यो चलचित्रमा भरत गौतम र गीता भेटवालको लगानी छ । सत्यराज चौलागाइको डेब्यू निर्देशनमा तयार भएको चलचित्रलाई सांगीतिक प्रेमकथामा तयार गरिएको छ । चलचित्रमा ताराप्रकाश लिम्बु र सरोज पोखरेलको संगीत, प्रविन सिंह र बिक्रम स्वारको कोरियोग्राफी, किरण दाहालको कथा, सत्यराज चौलागाई र आगत केसीको पटकथा तथा संवाद, राम कुमार केसीको छायाँकन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment