Comments Add Comment

किवी फलको कथाः कसरी, किन र केका लागि खाने ?

केही समययता हाम्रो फलफूल बजारमा एउटा स्वादिलो, रसिलो फलले प्रवेश पाएको छ । फल हो, किवी । यो आयातित होइन । हाम्रै घर-आँगनको फल हो ।

फल अन्डाकार छ । बोक्रा तासेर खाँदा गाउँपाखामा फल्ने ऐंशेलुको स्वाद पाइन्छ । यसले जिब्रोलाई सजिलै लोभ्याइदिन्छ ।

तर, यसको गुण स्वादमा मात्र छैन । स्वास्थ्यका लागि पनि अति गुणकारी फल हो, यो ।

केही वर्षयता नेपालमा किवी फल खेतीतर्फ आकर्षण बढ्दै गएको छ । नेपालमा यसलाई ठेकी, गाईथुने फल, फेमियाल्दाजस्ता नामले पनि चिनिन्छ । विश्वका उत्कृष्ट २७ फलमध्ये किवी एक नम्बरमा पर्ने गर्छ ।

किविबाट एैँसेलु, भुइएैंसेलु, केरा, भुँईकटहरजस्ता फलफुलको स्वाद लिन सकिन्छ ।

किवीको कथा

यसको बाहिरी झुस न्युजील्यान्डको रास्टि्रय चरा किवीको भुवा जस्तो देखिने भएकाले किवी नाम दिइएको हो ।

सन् १९७४ मा यसको औपचारिक नामाकरण भएको थियो । न्युजील्यान्डमा यसको खेती अत्यधिक मात्रामा हुने गर्छ । किवी खेतीको लागि चिसो हावापानी उपयुक्त हुन्छ । किवीको एक स्वस्थ बोटले सय किलोग्रामसम्मको उत्पादन दिन्छ ।

नेपालको पनि विभिन्न उच्च भुभावमा यसको खेती गरिन्छ । जापानिज संस्था जाइकाले २०४३ सालमा किवीलदाई नेपाल भित्राएको मानिन्छ । किवीलाई विश्वकै उत्कृष्ट फलको रुपमा लिन्छ ।

आर.बी. वुढाथोकी

किवीको औषधीय गुण

– किवीबाट भिटामिन, खनिज र औषधीजन्य तत्व प्राप्त गर्न सकिन्छ । जसको पेटको विभिन्न समस्याबाट बचाउनुका साथै मधुमेह, निमोनिया, दम, रक्तचाप, कोलेस्टेरोललार्य सन्तुलनमा राख्ने काम गर्छ ।

– किवीमा क्यालोरिको मात्रा प्रसस्त हुन्छ । त्यसैले यसको नियमित सेबन सेवन गर्दा क्यान्सरजस्तो  रोगबाट बचाउनका लागि पनि सहयोग पुर्‍याउछ ।

– यसले छालालाई स्वस्थ राख्न भूमिका खेल्छ । छालासम्बन्धि विभिन्न रोगबाट पनि बचाउँछ ।

– यसले आँखालाईसमेत तन्दुरस्त राख्न भूमिका खेल्छ । यसले आँखाको ‘भिजन लस’बाट पनि बचाउँछ ।

– किवीको नियमित प्रयोगले रक्तचाप सन्तुलनमा रहन्छ ।

– यसले मुटु रोगको सम्भावनालाई समेत कम गर्छ ।

-तौल घटाउने प्रयासमा हुनुहुन्छ भने किवीको नियमित सेवन गरौं ।

– किवीले अनिद्राको समस्या समाधाान गर्नमा पनि अहम भूमिका खेल्छ ।

– यसमा प्रसस्त आइरनको मात्रा हुने भएकाले गर्भबती महिलाहरुको लागि निकै उपयोगी हुन्छ ।

– किवीले पाचन प्रक्रिायमा पनि महत्वपूर्ण भुभिका निर्वाह गर्छ ।

किवीका दुई प्रकार

– किवी दुई प्रकारका हुन्छन् । एउटा झुस हुने र अर्को नहुने । हावार्ड जातीको किवी बिश्वभर लोकपि्रय छ ।

– किवीलाई जाम, जुस, स्मोथी, वाइन, केक, सलाद आदीको रुपमा प्रयोग गर्न सकिन्छ  ।

लेखक  होटेल सोल्टि क्राउन प्लाजाका मल्टी कुजिन सेफ हुन्   

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment