Comments Add Comment

दर्शकको प्रश्नः युटुबमा ‘छक्का पन्जा २’ कहिले आउँछ ?

निर्माता तथा कलाकार दिपकराज गिरीले सामाजिक संजालमा कुनै कुरा पोष्ट गरे भने त्यसमा आधा जसो कमेन्टमा एउटै कुरा सोधिन्छ, आखिर युटुबमा ‘छक्का पन्जा २’ कहिले आउँछ ?

अहिले विदेशमा बस्ने नेपालीहरुका लागि नेपाली चलचित्र हेर्ने सजिलो माध्यम बनेको छ, युटुब । यसैले पनि हिट भएका चलचित्रको डिमाण्ड युटुबमा सर्वाधिक हुने गर्दछ ।

हलमा पानी नमागेका नेपाली चलचित्रले युटुबमा लाखौ भ्यूज पाउँदा यसका निर्माता र कलाकार रमाउने गरेका छन् । तर, युटुबमा चलचित्र आउन थालेपछि नै चलचित्र हेर्न हलमा दर्शक जान छाडेको निर्माताले वुझेका छैनन् ।

युटुबमा जस्तो चलचित्र पनि लाखौ भ्यूजका साथ ट्रेन्डिङको पहिलो स्थानमा रहने तर हलमा दर्शक नआउने, नेपाली चलचित्रको बिडम्बना नै हो यो ।

गतबर्षको सर्वाधिक हिट चलचित्र ‘छक्का पन्जा २’ अहिलेसम्म युटुबमा सार्वजनिक भएको छैन । दर्शकले यो चलचित्र कहिले युटुबमा आउँछ भनेर प्रश्न गर्न थालेको लामो समय भैसकेको छ ।

तर, अझै यो चलचित्रको निर्माणपक्षले चलचित्रलाई युटुबबाट सार्वजनिक गर्ने तयारी गरेको छैन । आखिर, कहिले आउँछ त युटुबमा चलचित्र ? निर्माता तथा कलाकार दिपकराज गिरी भन्छन्-‘हाम्रो चलचित्र प्रदर्शन भएको २ बर्षपछि मात्र युटुबमा आउँछ । अब, हामी चलचित्रलाई डिजिटल रिलिजका लागि नयाँ उपाय सोचिरहेका छौ । युटुबमा चलचित्र ३-३ महिनामा रिलिज हुँदा हलमा दर्शकको चाप घट्न थालेको छ ।’

दिपकका अनुसार, चलचित्र ‘छक्का पन्जा २’ युटुबमा आउन अझै समय लाग्नेछ । तर, ‘छक्का पन्जा ३’ भने युटुबबाट रिलिज नगर्ने तयारी उनको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment