+
+
Shares

पत्रकारलार्इ सभामुख महराको सुझावः देश र जनताको हुने गरी कलम चलाउनुस्

अनलाइनखबर अनलाइनखबर
२०७५ असोज ३ गते १६:१८

३ असोज, काठमाडौं । सभामुख कृष्णबहादुर महराले नेपाली सञ्चारमाध्यमहरु बीच अस्वस्थ प्रतिस्प्रधा रहेको टिप्पणी गरेका छन् । ‘मिडियाहरुबीच अहिले अस्वस्थ प्रतिस्प्रधा छ,’ बुधबार राजधानीमा भएको एक कार्यक्रममा सभामुख महराले भने ।

उनले देश र जनताको हुने गरी आफ्ना कलम चलाउनसमेत पत्रकारहरुलाई आग्रह गरेका छन् । आफूहरु राजाको गुनगान गाएर हुर्केको भन्दै उनले भने, ‘त्यसबेला राजतन्त्रका विरुद्ध बोल्नु अराजक ठानिन्थ्यो । हामीले बोल्यौं । तर, त्यो सामन्तवाद विरुद्ध थियो र अराजकता होइन ।’

दुई छिमेकी भारत चीनले दुई खाले राजनीतिक व्यवस्थाको अभ्यास गरिरहेको उल्लेख गर्दै सभामु्ख महराले दुबै देश आर्थिक विकासका सन्दर्भमा एकढिक्का भएर अगाडि बढिरहेको कुरा नेपालले पनि बुझ्नुपर्ने बताए । ‘भारत र चीन आफ्नै किसिमको जनवाद र लोकतन्त्रको अभ्यास गरिरहेका छन्,’ सभामुख महराले  भने, ‘तर दुबै आर्थिक समृद्धिका लागि दृढ छन् । हामीले पनि त्यो बुझ्नुपर्छ ।’

उनले संविधानको मर्म अनुसार नेपाललाई पनि समृद्ध बनाउने अभियान सुरु भइसकेको भन्दै त्यहि अनुसार सबैले आफ्नो भूमीका निर्वाह गर्नुपर्ने बताए । सरकारले आफ्नो ढङ्गले काम अघि बढाउने र अन्य निकायले त्यसलाई सहयोग गर्दा मात्र राष्ट्रिय लक्ष्य हासिल गर्न सकिने उनको भना छ ।

संविधान कार्यान्वयन अन्र्तगत तीन वर्षभित्र बनिसक्नुपर्ने मौलिक हक पास भइसकेको जानकारी दिँदै सभामुख महराले पास भइसकेका ऐन कानूनहरुसमेत समयक्रममा आवश्यकताका आधारमा परिमार्जन हुन सक्ने बताए । ‘मुलुकी आचारसंहिता र संविधानबारे जुन खालका टिप्पणीहरु भइरहेका छन्’, उनले भने, ‘ऐन कानून, संविधान कुनै ग्रन्थ होइन संशोधन हुन सक्छ ।’

समाज बदलिँदो हुने भएकाले आफूले जे भन्यो त्यो सँधैभरी सान्दर्भिक भइरहन्छ भन्न नहुने उनको भनाइ छ । ‘१० वर्षअघि पेस गरेको लजिक अहिले सान्दर्भिक हुँदैन । अहिले पेस गरेको लजिक १० वर्षपछि सान्दर्भिक हुँदैन,’ उनले भने ।

 

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?