Comments Add Comment

तौल कम भएपछि कहाँ हराउँछ पेटको वोसो ?

तौल घटाएपछि धेरैजसो व्यक्ति सोच्ने गर्छन्, आखिर पेटको वोसो कहाँ हराउँछ ? यो प्रश्न धेरैको मनमा आउने गर्छ ।

स्वास्थ्य क्षेत्रमा दख्खल राख्ने करिब एक सय ५० भन्दा बढी मानिस सामु याही जिज्ञासा राखिएको थियो, जसमा धेरै मानिसले धेरै किसिमको जवाफ दिएका थिए । त्यसमध्ये केही जवाफ रमाइलो थियो भने केही आश्चर्यलाग्दो ।

जे होस् आएको जवाफमध्य करिब ९८ प्रतिशत जवाफ भने गलत नै थियो ।

किनकी उक्त शोधमा धेरैजसो मानिसले के जवाफ दिएका थिए भने घटेको वोसो उर्जामा बदलिन्छ । जबकी शोर्धकताहरु भने यो कुरा मान्नका लागि कुनै पनि हालतमा तयार थिएनन् । उनीहरुको भनाई थियो, यो हुनै सक्दैन किनकी यसले पदार्थलाई संरक्षण गर्ने नियमको उल्लघन हुन्छ ।

त्यसो भए के हुन्छ त ?

अनुसन्धानमा भाग लिएका केही मानिसहरुले उक्त वोसो मांसपेशीमा बदलिने जवाफ दिएका थिए भने केहीले मलको रुपमा शरीरबाट बाहिर निस्कने जवाफ फर्काएका थिए ।

हुन त पाचन प्रक्रिया र  वजन कम गर्ने कुरालाई लिएर पहिले देखि नै विभिन्न किसिमको भ्रम रहँदै आएका छन् । त्यसमा पनि कम भएको वोसो आखिर कहाँ जान्छ त भन्ने कुरालाई लिएर अझै पनि भ्रम विद्यमान छ ।

तथापी, अष्ट्रेलियाको सिड्नी युनिभर्सिटी अफ साउथ वेल्सका प्रोफेसर एन्ड्रयु जे ब्राउन तथा अनुसन्धानकर्ता रुबेन मीरमानले भने यसको सही जवाफ दिएका छन् ।  जुन व्रिटिश मेडिकल जर्नलमा समेत प्रकाशित थियो ।

उनीहरुका अनुसार तौल कम भएपश्चात्त पेटमा जम्मा भएको बोसो कार्वन डाइअक्साइड तथा पानीमा बद्लिन्छ । सामान्यतया, सास फेर्दा शरीरमा अक्सिजन लिएर पेट भित्र रहेको कार्वन डाई अक्साइडलाई बाहिर फाल्ने गरिन्छ । र, पानीलाई पिसाबको माध्यमद्धारा बाहिर निकाल्ने गरिन्छ ।

अर्थात, हामी जे खान्छौ, त्यो कार्वन डाइअक्साइडको रुपमा शरीरबाट बाहिर निस्कने गर्छ । र, विशेषज्ञहरु पनि यही भन्छन्, हामीले लिने जुनसुकै तरीकाको कार्बोहाइड्रेट तथा वोसो  पनि कार्वन डाइअक्साइड तथा पानीको रुपमा टुक्रिने गर्छ ।

त्यसो भए के लामो तथा गहिरो सास लिनु नै तौल कम गर्ने सही तरीका हो ?

यही प्रकि्रया प्रोटिनमा पनि हुन्छ । प्रोटिनको सेवन पश्चात्त केही कुरा युरिया तथा अन्य विषाक्तको रुपमा विभाजित हुन्छ  र अन्तमा मल, पसिना तथा पिसाबको रुपमा शरीरबाट बाहिर निस्कने गर्दछ ।

फाइवर मात्र एउटा यस्तो चीज हो, जुन पेटसम्म पुगेर पाचन प्रक्रिया पश्चात्त बाकी रहेको अवशेष मलको रुपमा शरीरबाट बाहिर निस्कने गर्दछ ।

यस कुरालाई सत्य मान्ने हो भने  के छिटो छिटो सास फेर्दैमा  तौल कम गर्न सकिन्छ त ?

‘सकिदैन, पक्कै सकिदैन’,  प्रोफेसर एन्ड्यु जे ब्राउन तथा अनुसन्धानकर्ता रुबेन मीरमान यस्तो कुरा नगर्न चेतावनी दिने गर्छन् । उनीहरु भन्छन्, ‘यसो गर्नाले चक्कर लागेर मान्छे बेहोेश समेत हुनसक्छ ‘ ।

त्यसैले, उनीहरु स्वस्थ तरीकाले वजन कम गर्न डाइटमा क्यालोरीको मात्रा कम गर्न तथा  शरीरीक व्यायाममा विशेष जोड दिन सुझाव दिने गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment