५ असोज, काठमाडौं । नुवाकोटको बिदुर-४, बट्टारमा महिन्द्राले नयाँ आधिकारीक बिक्री-कक्ष ‘कला मोटर्स’ संचालनमा ल्याएको छ । यस बिक्री-कक्षले महिन्द्राका ग्राहकहरूलाई बिक्री र मर्मत सम्बन्धी सेवाहरू प्रदान गर्नुका साथै स्पेयर पार्टस् पनि उपलब्ध गराउनेछ ।
अग्नि समूहका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठ, प्रदेश सभा सदस्य माननिय हिरानाथ खतिवडा र जिल्ला समन्वय प्रमुख सन्तमान तामाङले बिक्री-कक्षको विधिवत् सामुहिक उदघाटन गरे ।
बिक्री-कक्ष स्थापनाको उद्देश्य नुवाकोट र आसपासका क्षेत्रका ग्राहकहरूको कम्पनीमा सिधा पहँुच र गुणस्तरीय सेवाहरू अझ सुलभ र कम खर्चिलो बनाइ ग्राहकहरूलाई अझ बढी फाइदा पुर्याउनु हो ।
नुवाकोट क्षेत्रमा महिन्द्राको बिक्री-कक्षको स्थापनाले ग्राहकहरू र कम्पनीबिचको विश्वासको सम्बन्ध अझ बलियो बनाउन सहयोग पुग्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4