Comments Add Comment

सामाजिक सेवाका लागि सिड्नीमा विशेष साँस्कृतिक कार्यक्रम

सिड्नी / अस्ट्रेलियाको सिड्नीमा शनिबार साँझ विशेष साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । रुपन्देही सामाजिक सञ्जालको आयोजनामा कार्यक्रम भएको हो ।

करिब पाँच सय जनाको सहभागिता रहेको कार्यक्रममा नेपाल आइडलका फ्रस्ट रनरअप निशान भट्टराई र गायिका मिलन अमात्यको विशेष प्रस्तुति रहेको थियो ।

यस्तै, कार्यक्रममा सिड्नीमा क्रियाशील नेपाली कलाकारहरुले समेत बिभिन्न सांस्कृतिक प्रस्तुति दिएका थिए । कार्यक्रमबाट प्राप्त नाफा रकम यसअघि जस्तै सामाजिक सेवामा खर्च गरिने सञ्जालका अध्यक्ष कृष्ण गैरेले जानकारी दिए ।

सञ्जालले यसअघि नेपालमा भूकम्प पीडित र अनाथलयहरुलाई सहयोग, लुम्बिनी अस्पतालमा शुद्ध पानीको व्यवस्था, ट्राफिक सम्बन्धी चेतनामूलक कार्यक्रम र छात्रबृत्तिहरु उपलब्ध गराउँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment