Comments Add Comment

‘लभ स्टेशन’को मुहुर्त, प्रदिपसँग जसिता र रश्मीकाे जोडी

नायक प्रदिप खड्का र नायिका जसिता गुरुङको मुख्य भूमिका रहने चलचित्र ‘लभ स्टेशन’को शुभमुहुर्त आज गरिएको छ । चलचित्रको सोमबार बिहान पशुपति मन्दिर परिसरमा मुहुर्त गरिएको हो ।

असोज ५ गतेबाट नै छायांकन सुरु हुने बताइएतापनि दार्जलिङ र सिक्किमको मौसम खराब रहेकाले शुक्रबारदेखि मात्र छायांकन सुरु हुने निर्माता गोविन्द शाहीले जानकारी दिएका छन् । चलचित्रको छायांकनका लागि यसको यूनिट मंगलबार दार्जलिङतर्फ लाग्नेछ भने नायक-नायिका बुधबार मात्र जानेछन् ।

उज्ज्वल घिमिरेको निर्देशनमा बन्न लागेको यो चलचित्रमा प्रदिप र जसिताको साथमा नायिका निरुता सिंह, कलाकार सरोज खनाल, नव-कलाकार रश्मी पाण्डेको मुख्य भूमिका रहनेछ ।

५० दिनको सेड्यूलमा छायांकन हुन लागेको चलचित्रलाई दार्जलिङ, कालिङपोङ, सिक्किम लगायतका स्थानमा खिचिनेछ । नायक प्रदिप खड्काले जसितासँगको जोडी र कथावस्तुका कारण आफू उत्साहित रहेको सुनाए ।

आलोक शुक्लाको छायांकन रहने यो चलचित्रमा लभ स्टेशनमा शम्भुजीत बासकोटा, दीपक शर्मा, राजनराज शिवाकोटी र एलिश कार्कीको संगीत रहने छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment