Comments Add Comment

आमा, बच्चा र अभिभावकत्वको सम्बन्धमा अभिनेत्री काजोल देवगनको अनुभव

हामीकहाँ एउटा प्रवृत्ति छ, खासगरी महिलाको सन्दर्भमा । विवाह गरेपछि जागिर वा आफ्नो उद्यम छाडेर परिवारमा र्फकने । बच्चालाई जन्म दिएपछि त पुरै गृहणी भएर बस्ने ।

विवाह गरेपछि घर परिवारको दायित्व बढ्छ । तर, त्यसो भन्दैमा घरभित्रै खुम्चनुपर्छ भन्ने छैन । आफ्ना रहर र इच्छाहरु खुम्चाउनुपर्छ भन्ने छैन । आफ्नो क्षमता र खुवीलाई खुम्चाउनुपर्छ भन्ने छैन ।

विवाह गरेर पनि, बच्चाको आमा भएर पनि हामी आफ्नो रहर, इच्छा अनुसार आफुलाई स्वतन्त्र राख्न सक्छौं । आफ्नो खुबी, क्षमता अनुसार काममा र्फकन सक्छन् । यसका दृष्टान्त हुन्, काजोल देवगन ।

यी बलिउड अभिनेत्रीले दुई सन्तान हुकाईरहेकी छिन् । यससँगै आफ्नो रुचीको क्षेत्रमा पनि काम गरिरहेकी छिन् । यसै सन्दर्भमा काजोलले फिल्मभन्दा पनि आमाको रुपमा भोगेको, बुझेको कुरा यहाँ प्रस्तुत गरेकी छिन् । त्यही कुरालाई हामीले पेश गरेका छौं ।

काजोलः एक आमाको रुपमा

आमा बनिसकेपछि जब उनले फिल्ममा कमब्याक गरिन्, एक राम्रो फिल्म दिने प्रयास गरिन् । सोही अनुसार सफलता पनि प्राप्त गरिन् । करिब दुई बर्षको अन्तरालपछि उनी अलग किसिमको फिल्ममा देखापर्नेछिन् । फिल्म हो, हेलीकाप्टर इला । यसमा उनी एक २० बषिर्य छोरीकी आमा बन्दैछि ।

९० को दशकमा अभिनेत्री काजोलको खास जुग थियो । त्यसबेला उनले थुप्रै हिट फिल्म दिइन् । काजोल आफैमा फिल्मी पृष्टभूमीबाट आएकी हुन् । उनी फिल्मी माहौलमा जन्मिइन् । काजोललाई विरासतमै अभिनयको गुण मिलेको हो । यो कुरा त उनी गर्वसाथ भन्ने गर्छिन् ।

पछि उनको विवाह भयो, अभिनेता अजय देवगनसँग । श्रीमान् र श्रीमती दुबै फिल्म क्षेत्रमा छन् । साथसाथै उनीहरुले दुई छोराछोरी पनि हुर्काइरहेका छन् । छोरी न्यासा र छोरो युग ।

दुबै छोराछोरी हुर्किसकेका छन् । किशोर सन्तानका आमा भएपनि काजोलले आफ्नो चमक गुमाएकी छैनन् । न उनको लय बिगि्रएको छ । उनी फेरी पनि फिल्म खेल्दैछिन् । यसपाली उनी आमाकै भूमिकामा छिन्, २० बषिर्य छोरीको ।

यस फिल्ममा काम गर्नुको खास कुनै कारण ?

मलाई यो फिल्मको स्क्रिप्ट एकदम मनपर्‍यो । किनभने फिल्ममा म आफ्नो पर्फमेन्स देख्न मन पराउँछु । यस कथासँग म आफुले आफुलाई जोड्न पनि सक्छु । साथै फिल्म गरेको बेला म अरुको पर्फमेन्स हेर्दिन पनि ।

फेरी कमब्याक गर्दै हुनुहुन्छ, यसलाई कसरी लिनुभएको छ ?

मेरो बिचारमा तपाईं जो फिल्म खेल्न सक्नुहुन्छ, यदी त्यसको कथा र स्क्रिप्ट मन परेको छ भने । त्यस्तोमा तपाईं स्वयम्लाई पनि काम गर्ने जाँगर चल्छ । त्यसका लागि तपाईंले सय दिन बिताउने जुन टिम हुन्छ, त्यो राम्रो टिम होस्, ताकि त्यो टिमसँग तपाईंले अझ उत्कृष्ट काम गर्न सक्नुहुनेछ ।

तपाई कुन किसिमको आमा हो ?

म धेरै कठोर आमा होइन । मलाई विश्वास छ कि, यदी तपाईंको बच्चालाई सही ढंगले पालन पोषण गर्नु छ भने उसमाथि विश्वास गर्नुपर्छ । किनभने विश्व यसरी बद्लिएको छ कि, उनीहरुलाई सानै उमेरमा सबैकुरा थाहा हुन्छ । यस्तो अवस्थमा तपाईं उनीहरुमाथि अधिक ध्यान राख्न सक्नुहुन्न । यदी तपाईं सन्तुलित अभिभावक बन्न चाहनुहुन्छ भने तपाईंले आफ्नो बच्चामाथि भरोसा गर्नुपर्छ कि बच्चाले सही सिक्ने वातावरण पाउन् । उनीहरु स्वयम्का लागि निर्णय लिनमा सक्षम होस् ।

किशोरवयमा बच्चाहरु अक्सर बिद्रोही हुन्छन्, के तपाईंको बच्चाले पनि यस्तो गरेको छ ? यदी विद्रोह गरेमा के गर्ने ?

कहिले काहीँ विरोध हुन्छ । तर, थोरै समयपछि उनीहरु आफैले सम्झन्छन् कि त्यो गलत काम थियो । म आमाको रुपमा कुनैपनि कुरामा अधिक विश्वास गर्छु र उनीहरु वच्चाको रुपमा केही कुरामा विश्वास गर्छन् । यस्तोमा दुबैलाई साथमा राखेर विचार गरेर राय दिनु सही हुन्छ ।

अहिलेसम्म मलाई यस्तो भएको छैन, बच्चा र मेरो राय एकदम अलग होस् । हो, यदी कुनै कुरामा सामान्य मतभेद भयो र मलाई कुनै कुरा मन परेन भने उनीहरुले बुझ्छन् कि त्यो कुरा मिल्नेवाला छैन ।

अक्सर महिला घर परिवारका लागि आफ्नो पेशा-व्यवसाय छाड्छन्, तर तपाई पर्दामा र्फकदै हुनुहुन्छ ?

मेरो हिसाबमा महिलाहरु धेरैजसो परिवारका साथ काम गर्न चाहन्छन् । तर उनीहरुलाई सहयोग मिल्दैन र उसले त्यसबाट बाहिर निस्कने साहस जुटाउन पाउँदैन र उनीहरु त्यही खुम्चन बाध्य हुन्छन् । मलाई परिवारको सधै साथ मिल्यो, त्यही कारण मैले काम गर्न पाएँ ।

तपाईंकी आमाले तपाईंको कसरी ख्याल राखेका थिए ?

उनी कहिलेपनि ओभर प्रोटेक्टिभ भएनन् । मेरी आमा सधै खुला विचार राख्थिन् । उनले धेरै हिम्मतका साथ हामीलाई पाले । बाल्यकालमा मलाई आमाले धेरै पिट्नुहुन्थ्यो । तर, जब म किशोरवयमा पुगें, तब उहाँले मलाई हात उठाउनुभएन । मलाई आफ्नो जिम्मेवारी आफैलाई सम्हाल्नका लागि खुला छाडिदिनुभयो ।

बाल्यकालमा तपाईं कस्तो छोरी हुनुहुन्थ्यो ?

म आफ्नी आमासँग धेरै डराउँथे । मसँग त्यती पनि हिम्मत थिएन कि, आमासँग ठूलो आवाजले गफ गर्न सकौं । पहिलो फिल्म ‘बेखुदी’को समयमा मेरी आमाले १६ बर्षको उमेरमा मलाई एक्लै क्यानडामा सुटिङका लागि पठाउनुभयो, किनभने उहाँ यहाँ काम गरिरहनुभएको थियो । उनमा बहुत साहस थियो ।

मैलें आफ्नी छोरी न्यासालाई जब सिंगापुर पढ्नका लागि पठाएँ, तब एक महिनासम्म म उदास थिएँ । धेरै कठिन हुँदो रहेछ आफ्ना बच्चालाई आफुबाट अलग राख्न । मेरी आमा भने निकै साहसी हुन् । म उनले जस्तै आफ्ना छोराछोरीलाई हुर्काउन चाहन्छु । मलाई कुनैपनि कुरा सम्झाएर होइन, देखाएर सिकाइयो । त्यसरी सिकेको कुरा तपाईंको निम्ति जीवनोपयोगी हुन्छ । अब दुनियाँसँगै प्यारेन्टिङ पनि बदल्नुपर्ने आवश्यक्ता छ ।

आजभोलि आमाबुबाले आफ्नो इच्छा बच्चामाथि लाद्ने गर्छ, त्यो उनीहरुको मानसिक विकारको कारण बन्नसक्छ, तपाईं के भन्नु्हुन्छ ?

मैले आफ्नो बच्चामाथि कुनै इच्छाहरु थोपर्ने काम गरिन । उसको इच्छा हो, फिल्म उद्योगमा आउँछ वा अरु काम नै गर्छ । म कहिले पनि उनीहरुलाई सुझाव दिनेवाला छैन । किनभने उनीहरुको आफ्नो जीवनका लागि निर्णय लिने अधिकार उनीहरुसँग नै छ । बरु हामीले त्यो निर्णय लिने क्षमता विकास गरिदिने हो । अहिले कुनैपनि क्षेत्रमा काम गर्नका लागि अनन्त अवसर छन् । हरके आमाबुबा पनि बच्चाहरु फैलिएको, प्रगति गरेको हेर्न चाहन्छन्, त्यसका लागि बच्चाको इच्छालाई ध्यानमा राखेर सहयोग गर्नुपर्छ ।

कुनै यस्तो कुरा, जुन तपाईंले आफ्नी आमाबाट सिक्नुभयो र बच्चालाई सिकाउन चाहनुहुन्छ ?

धेरै कुरा छ, जो मैले आफ्नी आमाबाट सिकें । जस्तो कि, बच्चामाथि विश्वास गर्नु, उनीहरुलाई निर्णयका लागि खुला छाडिदिन । मलाई याद आउँछ कि, जब म आमा बनें, तब मैले फोन गरेर उनलाई भनेकी थिएँ कि तपाईंले मलाई कसरी पाल्नुभयो, कसरी प्रेम दिनुभयो । यो सही हो कि, तपाईं यो कुरा तबसम्म सम्झन सक्नुहुन्छ, जब तपाईं स्वयम् आमाबुबा बन्नहुन्न । उनीहरु कति रात जागा बसेका हुन्छन्, कामका साथसाथै कति मुश्किलसँग छोराछोरी हुर्काउनुपर्छ । हामी यी सबै कुरालाई भुल्छौं । आमाबुबाको प्रेम बच्चाप्रति सधै विना सर्त हुनेगर्छ ।

तपाईं यस्तो परिवारबाट आउनुभयो, जहाँ महिलाले सुरुबाट काम गरे, यसलाई तपाईं कसरी लिनुहुन्छ ?

मेरो परिवारका सबै महिलाबाट मैले एउटा कुरा सिकें कि, महिलालाई अरु कसैले शसक्त बनाउन सक्दैन, जबसम्म उनी स्वयम्ले चाहँदैनन् ।

मानिसहरु महिला शसक्तिकरणको बारेमा जे भन्छन्, मेरो हिसाबमा उनीहरुले केही पनि भनिरहन जरुरी छैन । उनीहरुले स्वयम् आफुले आफैलाई विश्वास गर्नुपर्छ । त्यही नै सबैभन्दा ठूलो शसक्तिकरण हो ।

यदी म काममा जान्छु भने, मेरो छोराले आफै सम्झनेछन् कि, म काम गर्न सक्षम छु । म हरेक आमालाई भन्ने गर्छु कि, आफ्ना छोरालाई महिलाको बारेमा बताउनुहोस् र उनलाई शसक्तिकरणको चर्चा सानै उमेरमा गर्नुहोस् । किनभने आमासँग शक्ति हुन्छ, उनीहरुले एक राम्रो भविष्य निर्माण गर्न सक्छन् ।

महिलालाई प्यारेन्टिङको कुनै टिप्स दिन चाहनुहुन्छ ?

अँह, हरेक अमाबुबा अलग हुन्छन् । बच्चा पनि अलग हुन्छन् । यो ठिक हुन्न कि, मैले जे टिप्स दिन्छु, त्यो उनीहरुको लागि उपयोगी होस् । यो मात्र भन्छु, आमाबुबाले बच्चालाई बुझेर सही मार्गदर्शन दिनुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment