+
+

१० वर्षीया बालिकाको बलात्कारपछि हत्या, छिमेकी पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७५ असोज १० गते ११:५०

१० असोज, पोखरा । पोखरामा सोमबार मृत भेटिएकी १० बालिकाको बलात्कारपछि हत्या भएको खुलेको छ । हत्यामा संलग्न छिमेकीलाई प्रहरीले पक्राउ गरेको छ ।

पोखरा-२२ पुम्दीभुम्दीको कोदीकी बालिका श्रेया बिकको बलात्कारपछि हत्या गरेको आरोपमा छिमेकी २७ वर्षीय कुसुम पौडेलसहित आधा दर्जन पक्राउ परेका हुन् । ‘पौडेलसहित अरु पनि एक/दुई जना समातिएका छन्,’ वडा प्रहरी कार्यालय बैदामाका प्रमुख डीएसपी नवीन कार्कीले भने, ‘अनुसन्धानपछि थप कुरा बाहिर ल्याउने छौं ।’

प्रहरकिा अनुसार पौडेलले अभियोग स्वीकार गरेका छन् । तर, अरुमाथि पनि आशंका रहेकाले अनुसन्धान जारी छ ।

श्रीया सोमबार विद्यालयबाट फर्कने बित्तिकै बिस्कुट किन्न पसल गएकी थिइन् तर, उनी एकाएक हराएकी थिइन् । मंगलबार बिहानै झाडीमा अर्धनग्न अवस्थामा उनको शव भेटिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?