१५ अक्टुबर । सन् १९१७ । पेरिस ।
सेन्ट लाजर जेलबाट आकासे रंगको एक सैन्य वहान निस्कदै थियो । गाडीमा एक ४१ बषिर्य महिला पनि थिइन्, जसले लामो ओभरकोट र ह्याट लगाएकी थिइन् ।
त्यसभन्दा दश बर्षअघि यूरोपको राजधानीमा यी डच युवतीले कदम राखेकी थिइन् । केही देशका सैन्य जनरल, व्यापारी र मन्त्री उनका दिवाना थिए । उनी आफ्ना कामुक नृत्यका लागि चर्चित थिइन् ।
उनको नाम, माता हारी । कामुक नृत्यांगना । र, विश्वकै खतरनाक जासुस ।
एक जासुसी पात्र
अक्सर सिनेमा वा कुनै जासुसी उपन्यासमा यस्ता पात्र हुन्छन्, जसको कथा सुन्दा हाम्रा आँखीभौं तन्कन्छ । माता हारी भने कुनै काल्पनिक पात्र होइनन् । उनी वास्तविक सुन्दरी हुन्, जो निकै खतरनाक जासुसी समेत थिइन् ।
मार्गेथा गीरत्रुइदा मैकलियोड जसलाई माता हारीको नामले जानिन्छ । माता ह्यारी एक कामुक नृत्यांगाना थिइन् । पहिलो विश्वयुद्धको सबैभन्दा चर्चित जासूस माता हारीको मृत्यु भएको सय बर्ष बढी भइसकेको छ । तर, उनको चर्चा अझै सेलाएको छैन ।
खासमा उनी आकर्षक युवती थिइन् । कामुक थिइन् । नृत्य गर्थिन् । आफ्नो जमानामा उनले नाचेरै सर्वत्र चर्चा कमाएकी थिइन् । प्रथम विश्वयुद्धमा जाजुस गरेको आरोपमा उनलाई गोली हानी हत्या गरियो । उनको नाममा सन् १९३१ मा हलिउड फिल्म समेत बनेको थियो, जसमा ग्रेटा गर्बो मूख्य भूमिकामा थिइन् ।
को थिइन् माता हारी ?
मार्गेथाको जन्म हल्यान्डमा भएको थियो । विवाह एक फौजी क्याप्टेनसँग भएको थियो । तर, उनीहरुको सम्बन्ध राम्रो रहेन । खराब सम्बन्धकै कारण उनले आफ्ना एक बच्चालाई समेत गुमाइन् । सन् १९०५ मा मार्गेथा स्वयम्ले आफुलाई माता हारी भनेर चिनाइन् । र, इटलीको मिलानस्थित ला स्काला र पेरिसको ओपेरामा एक कामुक नृत्यांगना बनेर देखिइन् ।
त्यो समयमा उनको सर्वत्र चर्चा थियो । राजा-महाराजा, धनाड्यदेखि सेनाका उच्च अधिकारीसँग उनको हिमचिम बढ्दै गयो ।
तर, विश्व युद्ध सुरु भएसँगै उनको दुनिया बदलियो ।
उनले त सोचेकी थिइन्, आफ्नो सौन्दर्यको बलमा सबैकुरा गनृ सक्छु । तर, ठूला-बडाले उनीबाट सेक्सभन्दा बढी अरु कुराको अपेक्षा गर्न थाले । उनलाई गोप्य सूचना लिने माध्याम बनाइयो । उनले त्यही काम गर्न थालिन् ।
कसरी बनिन् जासुस ?
आफ्नो पेशाको कारण उनलाई जहाँ पनि घुमफिर गर्नका लागि कुनै रोकटोक थिएन । यही कारण जर्मनीले प्रथम विश्व युद्धको क्रममा माता हारीलाई पैसा दिएर गोप्य जानकारीहरु चुहाउने काममा खाटाए । यसरी उनी जर्मनीको जासुस बनिन् ।
माता हारी स्वयम्ले कसैलाई त मारिनन्, तर उनको जासुसीले गर्दा लगभग ५० हजार फ्रान्सिसी सैनिकले ज्यान गुमाए । त्यसपछि फ्रान्सलाई उनीमाथि आशंका हुन थाल्यो ।
फेब्रुअरी १९१७ मा उनले पेरिसबाट पक्राउ गरियो । र, अक्टुबरमा उनलाई गोली हानेर हत्या गरियो । उनको मृत्युको १ सय बर्षपछि उनको अपराधमाथि फेरी बहस भयो । माता हारीलाई अहिले पनि विश्वकै खतरनाक जासुस मानिन्छ । आफ्नो देशलाई धोका दिने प्रतिकको रुपमा लिने गरिन्छ ।
के थियो उनको अपराध ?
माता हारीमाथी आफुसँग सुत्ने संयुक्त मोर्चाका सिपाहीबाट खुफिया सूचना हासिल गरी जर्मनीलाई दिएको आरोप थियो । कतिसम्म दावी गरिएको छ भने, माता हारी हजारौं सिपाहीको मृत्युका निम्ति जिम्मेवार छिन् ।
सन् १८७६ मा जन्मिएकी माता हारीको बाल्यकालको नाम मार्गेटा ट्सेला थियो । इन्डोनेसियामा माता हारीको अर्थ सूर्य हुन्छ । तर, यही नामबाट जिन्दगी जिउने यी महिला जासुसको जीवन एकदमै अलग र त्रासदीले भरिएको थियो ।
कसरी मारियो ?
कतिले भन्ने गर्छन्, माता हारीलाई बलि दिइयो ।
पेरिसको एक बाहिरी स्थानमा पुर्याएर उनको हत्या गरिएको पनि बताइन्छ । माता हारीलाई त्यहाँ उभ्याइयो । त्यहाँ उनलाई बाँध्नका लागि खम्बा गाडिएको थियो । माता हारीलाई गोली हानेर सजाय दिनका लागि त्यहाँ १२ जना सैनिक एक साथ उभिएका थिए ।
कति खबरमा भनिएको छ कि, त्यसबेला माता हारीले आँखा ढाक्नका लागि अस्विकार गरिदिएकी थिइन् । र, आफ्ना एक हात मात्र खम्बामा बाँध्नका लागि मन्जुरी दिएकी थिइन् ।
माता हारीले आफ्ना वकीललाई अन्तिम सलाम भन्नका खातिर सोही मुद्रामा आफ्नो दोस्रो हात हावामा हल्लाइन् । लगत्तै कमान्डरको संकेतपछि उनीमाथि गोली बषिर्यो । उनको टाउको निहुरियो ।
फेरी एक अधिकारीले आफ्ना रिभल्वर निकाले र उनको नजिक गएर टाउकोमा गोली चलाए ।
मृत्युदण्डपछि माता हारीको मृत्त शरीर उठाउन कोही आएनन् । उनको शरीरलाई पेरिसको मेडिकल स्कुलमा पुर्याइयो । त्यहाँ चिरफारका लागि प्रयोग गरियो । उनको अनुहारलाई एनाटमी म्युजियममा संग्रहित गरियो । तर, पछि उनको अनुहार गायव भयो ।
प्रतिक्रिया 4