Comments Add Comment

रातो प्रकाशले उज्यालियो पाटन दरबार क्षेत्र, हेर्नुस् ११ तस्वीर

काठमाडौं । पाटन दरवार स्क्वायर तथा काठमाडौं दरवार क्षेत्र बुधबार साँझ नयाँ अवतारमा देखियो । साँझ एकाएक विश्व सम्पदा सूचीमा राखेको दुबै दरबार रातो रंगले रंगिएको थियो ।

रंग नै पोतिएको भने होइन । विश्वलाई क्षयरोगमुक्त बनाउने अभियान अन्तरगत विश्वका विभिन्न सहरहरुमा रातो बत्ती बालिएको छ ।

नेपालमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय तथा विश्व स्वास्थ्य संगठनको आयोजनामा पाटन दरवार स्क्वायर तथा काठमाडौ दरवार क्षेत्रमा पनि रातो बत्ती बालेर यो अभियानको थालनी गरिएको हो ।

सन् २०३० सम्ममा विश्वलाई क्षयरोगमुक्त बनाउने प्रतिवद्धतालाई पूरा गर्न क्षयरोग रोकथामको कदम चाल्ने विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment