Comments Add Comment

नाना पाटेकरमाथि नायिकाको नानाथरी आरोप

बलिउड नायिका तनुश्री दत्त ले फेरि एकपटक अभिनेता नाना पाटेकरविरुद्ध मुख खोलेकी छन् । सन् २००८ मा नानासँग भएको विवादबारे उनले दिएको अभिव्यक्तिले हंगामा निम्त्याएको छ ।

तनुश्रीले नानालाई बाबा रामरहिमसँग तुलना गरिन् ।

रामरहिम तीनै ‘साधु’ हुन् जो भक्तिनीहरुमाथि यौनशोषण गरेको मुद्दामा जेल परेका थिए । नाना पनि बाहिरबाट हेर्दा साधु तर भित्र खत्तम भएको तनुश्रीले बताइन् ।

‘उनको आचरणबारे प्रश्न उठाउँदा मानिसहरुले मलाई नै गलत सोच्छन्,’ उनले भनिन्, ‘तर, मानिसहरु बाहिरबाट जस्तो देखिन्छन् भित्र त्यस्तो हुँदैन रहेछन् । बाहिरबाट हेर्दा नानाले एउटी नायिकालाई यौन दुर्व्यवहार गर्ला भनेर कसले पत्याउँछ ?’

तनुश्रीका अनुसार फिल्मको एउटा गीत सुटिङ गर्ने क्रममा नानाले उनलाई संवेदनशील ठाउँमा समातेका थिए । उनी भन्छिन्, ‘त्यो गीतको सुटिङमा नानाको कुनै काम थिएन किनकी त्यसमा मेरो मात्र डान्स थियो । तर, उनी मलाई डान्स सिकाउने बहानामा नजिक आए र जथाभावि समाए । त्यसपछि मैले हल्लाखल्ला गरेँ ।’

तर, आफूले हल्ला गर्दा पनि फिल्मका निर्माता-निर्देशकले वास्ता नगरेको उनको भनाइ छ । ‘नानासँग सबै डराउँथे, त्यसैले केही भन्ने हिम्मत गरेनन्, त्यसमाथि म नयाँ हिरोइन थिएँ । मैले भनेको कसले सुन्ने ?’ उनी भन्छिन् ।

तनुश्रीले मानिसहरुले नपत्याउलान् भनेर अहिलेसम्म यो कुरालाई गुपचुप राखेको समेत बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment