+
+
Shares

थन्किएका विमान चलाउन निगमको कसरत, दुर्गममा फटाफट परीक्षण उडान

अनलाइनखबर अनलाइनखबर
२०७५ असोज ११ गते ११:०५

११ असोज, काठमाडौं । नेपाल वायुसेवा निगमले आफ्ना प्रयोगविहीन रहेका चिनियाँ विमान उडाउन प्रयत्न थालेको छ । निगमका चिनियाँ वाई १२ ईलाई दुर्गम क्षेत्रमा उडाउने योजनाका साथ परीक्षण उडान तीव्र पारिएको छ ।

बुधबार एकैदिनमा निगमले ४ दुर्गम गन्तब्यमा परीक्षण उडान भरेको थियो । आज पनि निगमको विमान जोमसोृमममा परीक्षण उडानमा जाँदैछ ।

निगमका २ वटा वाई २ ई विमान अहिलेसम्म नियमित रुपमा उड्न सकेका छैनन् । चीनबाट ल्याएर थन्काइएका विमानलाई दुर्गम क्षेत्रमा केन्दि्रत गर्ने सोचका साथ परीक्षण उडान गरिएको निगमका कार्यकारी अध्यक्ष मदन खरेलले अनलाइनखबरसँग बताए ।

निगमले बुधबार मात्रै सिमिकोट, जुफाल, मुगुको ताल्चा र जुम्ला विमानस्थलमा सफल परीक्षण उडान गरेको छ । त्यसअघि लुक्ला विमान स्थलमा पनि निगमको जहाजले परीक्षण उडान गरेको थियो ।

निगमले आफ्ना प्रयोग विहीन विमानहरुलाई विभिन्न दुर्गम क्षेत्रमा नियमति रुपमा उडाउने योजना बनाएको खरेलले बताए ।

‘साना विमानस्थलमा निगमका जहाजहरु जान सक्छन् कि सक्दैनन् भनेर हेरिएको हो,’ उनले भने, ‘अहिलेसम्म गरिएका परीक्षण उडान सफल भएका छन् ।हामी अब त्यो क्षत्रेमा व्यवसायिक उडान नै सुरु गर्छौं ।’

दुईवटा चिनियाँ जहाजलाई नै पाइलट अभाव भएकै बेलामा निगमले कुनै व्यवस्थापन नै नगरी थप दुईवटा जहाज ल्याएको थियो ।

०६९ सालमा नेपाल र चीनबीच सरकारीस्तरमा भएको सम्झौताअनुसार चीनबाट ६ वटा जहाज ल्याइएको हो । जुन निगमका लागि घाँडो मात्रै भएका छैनन् । दिनहुँ लाखौं रुपैयाँ कमाउनुपर्ने जहाजलाई थन्क्याएर राखिँदा निगमलाई ठूलो घाटा भइरहेको छ ।

चिनियाँ जहाजको बीमा शुल्कसमेत अन्यको तुलनामा बढी तिर्नुपर्छ । जसले गर्दा चिनियाँ जहाजका कारण निगमले आर्थिक नोक्सानी खेप्नु परेको छ ।

अहिले निगमका २ वटा वाइ १२ जहाज बाहेक २ वटा एम ए ६० जहाज भने उडिरहेको छ । तर दुई जहाज भने नियमित उडानमा छैनन् ।

यी ६ वटै जहाजका पार्टपूर्जाहरु चीनबाट नै मगाउनुपर्ने हुन्छ । यसका लागि लामो समय लाग्ने गरेको छ । पार्टपूर्जा नपाएका कारण निगमका यि चिनियाँ जहाज दुई महिनासम्म ग्राउन्डेड गर्नुपर्ने अवस्था आउँछ ।

६ वटामध्ये एउटा एमए – ६० र एक वाई -१२ जहाज चिनियाँ अनुदानका हुन् । दुवै जहाज सन् २०१४ मै ल्याइसकिएको थियो । त्यसपछि थप भएको ३ वटा वाई १२ र एउटा एम ए ६० सहुलियत पूर्ण ऋणमा खरिद भएका जहाज हुन् ।

एभिएसन इन्डस्ट्री कर्पोरेसन अफ चाइना (एभिक) द्वारा उत्पादित एमए- ६० को सिट क्षमता ५६ हो । हर्बिन एयरक्राफ्ट इन्डस्ट्रीको उत्पादन वाई-१२ को क्षमता भने १९ सिटको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?