+
+
Shares

हेमराजको फिल्ममा प्रदिप फाइनल, साम्राज्ञीले के गर्लिन् ?

अनलाइनखबर अनलाइनखबर
२०७५ असोज ११ गते ११:३५

चलचित्र ‘होस्टेल, जेरी, गाजलु’ जस्ता सफल चलचित्रका निर्देशक हेमराज वीसीले अहिलेका स्टार नायक प्रदिप खड्कालाई लिएर नयाँ चलचित्र बनाउने भएका छन् । हेमराजले बनाउन लागेको लभ स्टोरी कथाको चलचित्रको नाम सार्वजनिक गरिएको छैन ।

आउँदो बर्षको वैशाखबाट यो चलचित्रको छायांकन फ्रान्समा हुने बताइएको छ । प्रदिपसँग केही दिन अगाडि मात्र संझौता गरिएको हेमराजको भनाई छ । नायक प्रदिप खड्का अहिले चलचित्र ‘लभ स्टेशन’को छायांकनका लागि दार्जिलिङ्ग पुगेका छन् ।

हेमराजको निर्देशनमा बन्न लागेको लभ स्टोरी चलचित्रका लागि नायिका फाइनल गरिएको छैन । वुझिएअनुसार, चलचित्रका लागि नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहसँग कुरा भैरहेको छ । साम्राज्ञीले लिखित रुपमा सहमती दिइसकेकी छैनन् ।

चलचित्रमा दिपक खतिवडा, रेणु राणा र गोविन्द शाहीको लगानी रहनेछ । हेमराजले यसअघि हिट भएका ३ चलचित्रमा नायक अनमोल केसीसँग काम गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?