Comments Add Comment

‘नालापानी’को टिजर रिलिज, मेकिङ लोभलाग्दो

नेपालीहरुको विरताको इतिहास ‘नालापानी’को युद्धको कथामा चलचित्र ‘नालापानी’ निर्माण भएको छ । चलचित्रको आज काठमाण्डौमा पत्रकार सम्मेलनको आयोजना गर्दै टिजर सार्वजनिक गरिएको छ । रिमेश अधिकारीको निर्देशनमा तयार भएको चलचित्रका निर्माता मनोज शाक्य हुन् ।

चलचित्रमा विपिन मल्लको सम्पादन, बसन्त घर्तीमगर र अच्यूत गजुरेलको भीएफएक्स, कविराज गहतराजको कोरियोग्राफी, रोशन श्रेष्ठको एक्सन छ । रिमेश अधिकारी र कृष्ण आचार्यले यो चलचित्रको स्क्रीप्ट तयार पारेका हुन् ।

चलचित्रले नालापानीको युद्धमा नेपालीहरुले देखाएको विरताको कथालाई उठान गरेको छ । अंग्रेज र नेपालीविचको लडाई र नेपालीको विरताको कथालाई चलचित्रमा देखाइएको छ ।

चलचित्रमा अर्जुनजंग शाही, सन्तोष पन्त, देशभक्त खनाल, पूजना प्रधान, मनोज शाक्य लगायतका कलाकारको मुख्य भूमिका छ । चलचित्रको प्रदर्शन मिति तय गरिएको छैन ।

चलचित्रको मेकिङ लोभलाग्दो छ । ऐतिहासिक कथालाई पर्दामा उतार्न सजिलो नभएपनि यसको निर्माण यूनिटले मिहिनेत गरेको देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment