११ असोज, मोरङ । आफैंलाई गोली हान्न लगाएको आरोपमा डेढ महिना कारागारमा बसेका पण्डित श्रीनिवास आचार्यले उपचारको खर्च आफैं तिरेका छन् ।
यसअघि न्यूरो अस्पतालमा २१ दिनको उपचारपछि काठमाडौं फर्किएका उनको उपचारको सम्पूर्ण खर्च सरकारले ब्यहोर्ने बताइएको थियो । तर, १४ वैशाखमा प्रहरीले आचार्यकै योजनामा गोली प्रहार गरिएको निष्कर्षसहित उनलाई पक्राउ गरेपछि उपचार खर्च तिर्नबाट सरकार पछि हटेको हो ।
हस्पतालमा उपचारको बिल १ लाख २० हजार रुपैयाँ उठेको थियो । बक्यौता रकम तिर्न अस्पतालले जिल्ला प्रशासन कार्यालयलाई बिल पठाएको थियो । तर, प्रशासन कार्यालयले नतिरेपछि आचार्य आफैंले अहिले बिल तिरेका छन् ।
अस्पताल स्रोतका अनुसार उनको उपचारमा १० हजार रुपैयाँ छुट दिइएको थियो । श्रीनिवासका सहयोगी पंकज आचार्यले १ लाख १० हजार रुपैयाँ अस्पताललाई बुझाएका थिए । उलनाई एक दिन आइसियू र २० दिन पोष्ट अपरेटिभ वार्डमा राखिएको थियो ।
न्यूरो अस्पतालमा उपचार गराएका आचार्यलाई हेर्न गएका सरकारका प्रतिनिधिले सम्पूर्ण उपचार खर्च राज्यले व्यहोर्ने बताएका थिए । उपचार गराइरहेका बेला प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्की, सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितलगायतले राज्यले उपचार खर्च व्योहोर्ने वचन दिएका थिए ।
यसअघि गत २५ चैतमा मध्यराति विराटनगर–१४ जतुवामा पुराण बाचन गर्न आएका बेला उनीमाथि गोली प्रहार भएको थियो ।
उनीमाथि चितवन भरतपुर महानगरपालिका–४ का २९ वर्षीय माधव चौधरीले गोली प्रहार गरेका थिए भने नवलपरासी गैडाकोट नगरपालिका– ५ का ३२ वर्षीय लक्ष्मीराज अधिकारीले पण्डित आचार्यलाई नै पेस्तोल र गोली दिएका थिए ।
दुबै जनालाई जिल्ला अदालत मोरङबाट ज्यान मार्ने उद्योगमा कारागार चलान गरिएको थियो भने हातहतियार मुद्दा लगाइएका श्रीनिवास ८ असारमा धरौटीमा छुटेका थिए ।
यो पनि पढ्नुस्
आचार्य श्रीनिवास पक्राउ, आफैंले गोली हान्न लगाएको खुलासा
आचार्य श्रीनिवासलाई हातहतियार तथा खरखजाना मुद्दा
धार्मिक हिंसा भड्काउन चाहन्थे आचार्य श्रीनिवास !
प्रतिक्रिया 4