+
+
Shares

कांग्रेसको विधान मस्यौदामाथि विराटनगरमा छलफल

अनलाइनखबर अनलाइनखबर
२०७५ असोज ११ गते १८:५७

११ असोज, विराटनगर । नेपाली कांग्रेसले पार्टीको विधान मस्यौदा संशोधनका लागि विराटनगरमा पनि सुझाव संकलन शुरु गरेको छ ।

प्रदेश स्तरीय भेला राखेर कांग्रेसले आवश्यक विधान मस्यौदामाथि नेता कार्यकर्ता माझबाट सुझाव संकलनको कार्य बिहीबारदेखि शुरु गरेको हो । सुझाव संकलनका लागि कांग्रेसका महामन्त्री एवं विधान मस्यौदा समितिका संयोजक पुर्णबहादुर खड्का विराटनगर आएका छन् ।

नेपाली कांग्रेस मोरङका सभापति डिगबहादुर लिम्बुले प्रदेश १ अन्तर्गत १४ जिल्लामध्ये १० जिल्लाका कांग्रेस जिल्ला सभापति, क्षेत्रिय सभापति, प्रदेश सांसद, महासमिति सदस्य तथा महाधिवेशन प्रतिनिधिहरु छलफलमा सहभागी भएको जानकारी दिए ।

दुई दिनसम्म चल्ने सो छलफल तथा सुझाव संकलन गर्ने कार्यक्रममा सहभागी नेता कार्यकर्ताबाट आएको सुझाव मस्यौदा समितिले संकलन गर्ने छ ।

कार्यक्रममा समुह बनाएर विधानमाथि आवश्यक संसोधनका बारेमा छलफल र सुझाव लिन शुरु गरिएको जिल्ला सभापति लिम्बुले बताए ।

सुझाव संकलनका लागि विराटनग्र आईपुगेका महामन्त्री खड्काले विधान संशोधनपछि नेपाली कांग्रेस नयाँ गतिका साथ अघि बढ्ने बताए ।
महामन्त्री खडकाले संघीय संरचना अनुसार पार्टर्ीलाई अघि बढाउन विधान संशोधन आवश्यक रहेकोमा जोड दिए ।

कांग्रेस पार्टीप्रति जनताको विश्वास रहेकाले आम कार्याकर्ताको जनताको चाहना अनुसार विधान संशोधनको तयारीमा कांग्रेस रहेको जानकारी दिए ।

कांग्रेसलाई एक नम्बरको पार्टीको रुपमा स्थापित गर्ने गरी संशोधनका लागि सुझाव दिन सहभागीलाई उनले आग्रह गरे ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?