Comments Add Comment

हिले दशैंको खतरा छैन, १६ असोजदेखि मनसुन सकिने

१२ असोज, काठमाडौं । यसपालीको दशैंमा हिलो बाटो हिँड्नु नपर्ने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार १६ असोजबाट मनसुन सकिँदैछ ।

अनुमानित मितिभन्दा दुई दिनअघि शुरु भएको मनसुन औसत मितिभन्दा एक साता ढिलो सकिने लागेको हो । यद्यपि, यसपालीको दशैं २५ असोजबाट मात्र सुरु हुने भएकाले मनसुनले छुने छैन ।

नेपालमा १० जुनदेखि २३ सेप्टेम्बरलाई मनसुन अवधि मानिन्छ । तर, पछिल्लो दशकमा यो वर्ष पहिलो पटक औसत मितिभन्दा अगाडि ८ जुनमा मनसुन शुरु भएको थियो ।

विगत दुई दशकमा ६ पटक सेप्टेम्बरमा र १४ पटक अक्टोबरमा मनसुन समाप्त भएको थियो । सन् २०१६ र २०१७ को तुलनामा भने यो वर्ष एक हप्ता पहिला मनसुन सकिन लागेको हो ।

विभागका महादिर्नेशक डा. ऋषिराम शर्मा जलवायु परिवर्तन र मौसमको प्रवृत्तिमा आएको परिवर्तनले गर्दा मनसुन कहिले ढिलो र कहिले छिटो हुँदै आएको बताउँछन् । उनका अनुसार मनसुनमा औसत वर्षा नघटे पनि अतिवृष्टि र अनावृष्टि बढ्दै गएको छ ।

जानकारहरूका जलवायुको परिवर्तनबाट प्रभावित प्रमुख चार देश भित्र नेपाल पनि पर्छ । नेपालको औसत तापक्रम ०.०४ देखि ०.०६ डिग्री सेल्सियस पुगेको छ । हिमाली क्षेत्रको औसत तापक्रम ०.०८ डिग्री सेल्सियस पुगेको छ ।

जलवायु विश्लेषक ङमिन्द्र दाहालका अनुसार तापक्रम वृद्धिको असर मनसुनमा देखिएको हो । नेपालको तापक्रम वृद्धि दर औसतभन्दा माथि पुगिसकेको उनी बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment