Comments Add Comment

‘बकम्फुसे राजा’मा दयाको इन्ट्री, राउतले फिल्म गर्दा सिवाकोटीले नगर्ने

संचारकर्मी प्रकाश सुवेदीले निर्देशन गर्न लागेको डेब्यू चलचित्र ‘बकम्फुसे राजा’ निर्माण अगाडिदेखि नै चर्चामा छ । कलाकारको फेरवदलका कारण यो चलचित्र चर्चामा रहेको हो ।

यो चलचित्रका कलाकारहरुको चर्चा हुनुको मुख्यकारण, दुई बर्षालाई गरिएको अफर हो । नायिका बर्षा राउत र बर्षा सिवाकोटीलाई नै सुवेदीले अफर गरेका थिए । तर, अब यो चलचित्रमा नायिका बर्षा सिवाकोटी नहुने पक्का भएको छ । नायिका बर्षा राउत भने मुख्य नायिकाको रुपमा हुनेछिन् । सिवाकोटीको ठाउँमा नायिका नीता ढुंगानाको इन्ट्री भएको छ ।

यस्तै, मुख्य भूमिकामा कलाकार खगेन्द्र लामिछानेको चर्चा थियो । तर, अब खगेन्द्रले पनि यो चलचित्र नगर्ने भएका छन् । चलचित्रको छायांकन फागूणमा सरेकाले उनले नगर्ने भएका हुन् । खगेन्द्रको ठाउँमा नायक दयाहाङ राई फाइनल भएका छन् । दयाहाङसँग संझौता भैसकेको प्रकाशले बताए ।

चलचित्रका लागि कलाकार हरिवंश आचार्यलाई पनि प्रस्ताव गरिएको छ । तर, आचार्यले गर्ने वा नगर्ने फाइनल भएको छैन । कमेडी कथामा बन्न लागेको यो चलचित्रलाई नेपाल र भारतमा खिचिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment