+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
155/7 (20)
VS
Sudurpaschim Royals won by 77 runs
विराटनगर किंग्स 2025
78/10 (14.1)
Shares

प्रवासी नेपाली मञ्च  र नेपाली जनप्रगतिशील मञ्च कतारको एकताको अन्तिम तयारी

अनलाइनखबर अनलाइनखबर
२०७५ असोज १२ गते १५:०१

कतार / प्रवासी नेपाली  मञ्च कतार र नेपाली जनप्रगतिशील मञ्चको संयुक्त कार्यदलको बिशेष  बैठक  २६ सेप्टेम्बर बुधबार दोहाको गोर्खा  रेस्टुरेन्टको सभाहलमा सम्पन्न भएको छ ।

दुई संगठन कार्यदलको विशेष बैठकमा प्रवासी नेपाली  मञ्चबाट सिफारिस  अध्यक्ष  चानक पोख्रेल र नेपाली जनप्रगतिशील मञ्चले  संयोजक रकमध्वज राईलाई  नेकपाको नयाँ प्रवास संगठन प्रवासी नेपाली एकता मञ्च कतार संयोजकमा सिफारिस गरेका छन् ।

त्यस्तै सचिवमा मोहन कार्की  सिफारिसमा रहेका छन । सर्बसम्मतको लागि  धेरै  प्रयास भएको थियो। सर्बसम्मत नभएपछि  एक सयोजक एक सचिव चुनिदिन केन्द्रीय  कार्यलय काठमाडौमा  सिफारिससहित आग्रह गरेको कुरा कार्यदलका सयोजक शनिकुमार वलीले बताएका छन्।

नेकपाको केन्द्रीय विशेष परिपत्र  अनुसार प्रवास संगठनका लागि एकजना  सयोजक र एकजना  सचिव  चुनिनु पाउने केन्द्रीय  निर्देशनमा रहेको छ ।

नेपालमा  पार्टी एकतासँगै  विभिन्न जिल्ला तह, प्रदेश,  जनबर्गीय  संगठनहरुको एकता भैरहदा प्रवासमा एकताको प्रक्रिया  जारी रहेको छ ।

कतारमा  पनि एकता प्रक्रिया  अन्तिम तयारीमा रहेको कुरा कार्यदल सयोजक वलीले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?