+
+
Shares

दशैंको सुपथ पसल: घ्युमा ५० रुपैयाँ छुट, अरुमा कति ? (सूचीसहित)

अनलाइनखबर अनलाइनखबर
२०७५ असोज १२ गते १७:२८

१२ असोज, काठमाडौं । सरकारले चाडपर्वलाई लक्षित गरेर आजदेखि सुपथ मूल्यका पसल सञ्चालनमा ल्याएको छ । सिंहदरबारस्थित एकिकृत सुपथ मूल्यको पसलको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवले उद्घाटन गरे ।
विगत वर्षहरुमा दशैं–तिहारलगायत चाडपर्वलाई लक्षित गरेर यस्ता पसलहरु सञ्चालन गर्दै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले यस वर्ष पनि त्यसलाई निरन्तरता दिएको हो ।

सुपथ मूल्य पसल सञ्चालनको नेतृत्व गरेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले उपत्यकासहित देशका विभिन्न ४७ स्थानमा यस्ता सुपथ मूल्यका पसल स्थापना गरिएको जानकारी दिएको छ ।

विभागका अनुसार आजदेखि खुल्ने सुपथ मूल्य पसल कात्तिक २३ सम्म सञ्चालन हुनेछ ।

सिंहदरबारको एकिकृत सुपथ मूल्यको पसलबाहेक पनि नेपाल खाद्य संस्थान (डिडिसी), साल्ट ट्रेडिङ कर्पोरेशन र दुग्ध विकास संस्थान, विभागमा दर्ता भएका सहकारीले आ–आफ्नै तरिकाले त्यस्ता सुपथ मूल्य पसल सञ्चालन गर्नेछन् ।

विभागमा सूचिकरण भएर खुद्रा विक्रेता तथा किराना पसलले पनि सुपथ मूल्यको पसल चलाउन सक्नेछन् । त्यस्ता विक्रेतालाई खाद्य संस्थान, साल्ट ट्रेडिङ, नेशनल ट्रेडिङले आफ्ना उत्पादनमा छुट र कमिसन दिनेछन् ।

साल्ट ट्रेडिङले उपत्यकाभित्र ९ स्थानमा स्टल र तीन घुम्ती पसल सञ्चालन गर्दैछ । उपत्यका बाहिरका आफ्ना २४ डीपो तथा कार्यालयबाट पनि उसले सामान बिक्री गर्ने प्रबन्ध मिलाएको छ । खाद्यले उपत्यकाका पाँच र देशभर रहेका आफ्ना सञ्जालहरुबाट खाद्य सामग्री वितरण गर्नेछ ।  विगत वर्षहरुमा खसी तथा च्यांग्रा बिक्री गर्ने गरेको खाद्यले यस वर्ष पनि त्यसलाई निरन्तरता दिनेछ ।

खसीबोकाको बिक्री भने घटस्थापनाबाट मात्रै शुरु हुने खाद्य संस्थानले जनाएको छ । दुग्ध विकास संस्थानले पनि आफ्ना उत्पादनहरुमा छुटको व्यवस्था गरेको छ ।

कुन सामानमा कति छुट ?

खाद्य संस्था, दुग्ध विकास संस्थान, साल्ट्र ट्रेडिङ, नेशनल ट्रेडिङले आफ्ना उत्पादनमा केही छुट दिएर लाभ लिन उपभोक्तालाई आह्वान गरेका छन् । सुपथ मूल्यको पसलमा उपलब्ध हुने विभिन्न सामानमा विद्यमान मूल्यमा ५ देखि १० रुपैयाँ छुट दिइएको छ ।

हेर्नुहोस् मूल्य सूचीः

 

 

                           सामानको विवरण   पुरानो खुद्रा विक्रि मूल्य  

छुट (रूपैयाँ)

 

 

हालको सहुलियत दरको खुद्रा विक्रि मूल्य रु.
खैरो चना खुल्ला ११०/- प्रति केजी ३/- १०७/-
एसटिसी खैरो चना प्याकेट ११५/- प्रति प्याकेट ५/- ११०/-
खोस्टा मुङ्ग दाल खुल्ला १२०/- प्रति केजी ५/- ११५/-
एसटिसी खोस्टा मुङ्ग दाल प्याकेट १२५/- प्रति प्याकेट ५/- १२०/-
नेपाली राजमा खुल्ला १७०/- प्रतिकिलो ५/- १६५/-
एसटिसी नेपाली राजमा प्याकेट १७५ /- प्रति प्याकेट ५/- १७०/-
भटमास खुल्ला ९०/- प्रति केजी २/- ८८/-
एसटिसी भटमास प्याकेट ९५/- प्रति प्याकेट ५/- ९०/-
सानो केराउ खुल्ला ११०/- प्रति केजी ५/- १०५/-
एसटिसी सानो केराउ प्याकेट ११५/- प्रति प्याकेट ५/- ११०/-
मुङ्ग छाँटा दाल खुल्ला १४५/- प्रति केजी ५/- १४०/-
एसटिसी मुङ्ग छाँटा दाल प्याकेट १५०/- प्रति प्याकेट ५/- १४५/-
एसटिसी क्वाँटी प्याकेट १२५/- प्रति केजी ५/- १२०/-
एसटिसी मकै प्याकेट ९५/- प्रति प्याकेट ५/- ९०/-
मकैग्रिट (सुजी) प्याकेट ६३/- प्रति केजी १/- ६२/-
एसटिसी मिक्स दाल प्याकेट १३०/- प्रति प्याकेट ५/- १२५/-
२०० ग्राम भान्साघर मस्यौरा प्याकेट २८/- प्रति प्याकेट १/- २७/-
घ्यु तेल
लिटर कुक सोयाबिन तेल प्याकेट १४०/- प्रति प्याकेट ३/- १३७/-
लिटर सेफ सनफ्लावर तेल प्याकेट १५०/- प्रति प्याकेट ३/- १४७/-
लिटर तृप्ती तोरी तेल प्याकेट १७०/- प्रति प्याकेट ३/- १६७/-
लिटर ओरुकोग्लु सनफ्लावर तेल टर्की जार ४३०/- प्रति जार ५/- ४२५/-
लिटर ओरुकोग्लु सनफ्लावर तेल टर्की जार १०५५/- प्रति जार १०/- १०४५/-
जिरा धनिया बेसार
५०० ग्राम एसटिसी शुद्ध बेसार प्याकेट १७०/- प्रति प्याकेट ५/- १६५ /-
२०० ग्राम एसटिसी शुद्ध बेसार प्याकेट ७०/- प्रति प्याकेट ६७/-
५०० ग्राम एसटिसी शुद्ध खुर्सानी प्याकेट १७०/- प्रति प्याकेट ५/- १६५/-
२०० ग्राम एसटिसी शुद्ध खुर्सानी प्याकेट ७०/- प्रति प्याकेट ३/- ६७/-
५०० ग्राम एसटिसी शुद्ध धनियाा प्याकेट १६५/- प्रति प्याकेट ५/- १६०/-
२०० ग्राम एसटिसी शुद्ध धनियाा प्याकेट ७०/- प्रति प्याकेट ३/- ६७/-
५०० ग्राम एसटिसी शुद्ध जिरा प्याकेट २८५/- प्रति प्याकेट ५/- २८०/-
२०० ग्राम एसटिसी शुद्ध जिरा प्याकेट १२० /- प्रति प्याकेट ३/- ११७/-
१०० ग्राम अर्गानिक लसुन प्याकेट ९५/- प्रति प्याकेट ५/- ९०/-
१०० ग्राम अर्गानिक अदुवा प्याकेट ९०/- प्रति प्याकेट ५/- ८५/-
१०० ग्राम अर्गानिक दालचिनी प्याकेट ६५/- प्रति प्याकेट ५/- ६०/-
चिया
केजी उत्तम चिया प्याकेट ३३०/- प्रति प्याकेट १०/- ३२०/-
५०० ग्राम उत्तम चिया प्याकेट १७०/- प्रति प्याकेट १०/- १६०/-
२०० ग्राम उत्तम चिया प्याकेट ७३/- प्रति प्याकेट ८/- ६५/-
५०० ग्राम उत्तम मसाला चिया प्याकेट १८०/- प्रति प्याकेट १०/- १७०/-
केजी वेलकम चिया प्याकेट ३३०/- प्रति प्याकेट ५/- ३२५/-
५०० ग्राम वेलकम चिया प्याकेट १७०/- प्रति प्याकेट ५/- १६५/-
२०० ग्राम वेलकम चिया बट्टा ७२/- प्रति बट्टा २/- ७०/-
केजी वेलकम चिया जार जार ३९०/- प्रति जार १०/- ३८०/-
५०० ग्राम वेलकम चिया जार जार २००/- प्रति जार ५/- १९५/-
ग्राम वेलकम चिया मसला प्याकेट ३५०/- प्रति प्याकेट १०/- ३४०/-
५०० ग्राम वेलकम चिया मसला प्याकेट १८५/- प्रति प्याकेट ५/- १८०/-
२०० ग्राम वेलकम चिया मसला बट्टा ७७/- प्रति बट्टा २/- ७५/-
केजी रोयल आसाम प्याकेट ४००/- प्रति प्याकेट १०/- ३९०/-
५०० ग्राम रोयल आसाम प्याकेट १८५/- प्रति प्याकेट ५/- १८०/-
२०० ग्राम रोयल आसाम बट्टा ७८/- प्रति बट्टा ३/- ७५/-
स्रोतः साल्ट ट्रेडिङ कर्पोरेशन  

 

क्र.स.      खाद्यान्नको किसीम     साविकको विक्रि मूल्य प्रति केजी छुट मूल्य प्रति केजी   सुपथ मूल्य प्रति केजी  
१. अरुवा सोना चामल रु. ४५/- रु. ५/- रु. ४०/-
२. अरुवा जिरा चामल रु. ६०/- रु. ५/- रु. ५५/-
३. गोरखनाथ चामल रु. ४८/- रु. १०/- रु. ३८/-
४. अरुवा बासमति चामल रु. ९१/- रु. १०/- रु. ८१/-
५. जापानिज चामल रु. ८०.७५/- रु. ५/- रु. ७५.७५/-
६. कणर्ाली सिमी रु. १३०/- रु. १०/- रु. १२०/-
७. तिते फापर रु. ८०/- रु. १०/- रु. ७०/-
स्रोतः खाद्य संस्थान   

 

क्र.स. सामाग्री साविकको मूल्य छुट -रुपैयाँ) छुटपछिको मूल्य
१. घ्यु -१ लिटर) ९००/- ५०/- ८५०/-
२. पनीर -५०० ग्राम) ३१५/- १०/- ३०५/-
३. पनीर -२०० ग्राम) १३०/- ५/- १२५/-
४. याम चिज -५०० ग्राम) ८२०/- २०/- ८००/-
५. याम चिज -२०० ग्राम) ३३०/- १०/- ३२०/-
६. कंचन चिज -५०० ग्राम) ५२०/- २०/- ५००/-
७. कंचन चिज -२०० ग्राम) २१०/- १०/- २००/-
स्रोतः दुग्ध विकास संस्थान
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?