+
+
WC Series
सुदूरपश्चिम रोएल्स 2025
47/1 (6.1)
VS
चितवन राइनोज 2025
0/0
Shares

‘प्रचार प्रसारको अभावमा प्राचिनतम उपचार पद्दती ओझेलमा’

अनलाइनखबर अनलाइनखबर
२०७५ असोज १२ गते १७:५७

१२ असोज, वीरगञ्ज । मुख्यमन्त्री लालबाबु राउत गद्दीले पुराना चिकित्सा पद्दतीको बारेमा प्रचारप्रसार आवश्यक रहेको बताएका छन् । उनले प्रचारप्रसारको अभावमा प्राचिनतम एवंम उपयोगी चिकित्सा पद्दतीहरु ओझेलमा परेको बताए ।

वीरगञ्जमा आयोजित अन्तर्राष्ट्रिय एक्युप्रेशर कन्फ्रेन्समा बोल्दै मुख्यमन्त्री लालबाबु राउतले बाबा रामदेवले योगबाट स्वस्थ बन्न सकिन्छ भन्ने कुराको प्रचार गरेकै कारण उनी सफल भएको दावी गरे ।

‘यो पद्दतीले जीवनलाई स्वस्थ राख्छ, यसले साइड ईफेक्ट गर्दैन, यस्ता कुराहरुको बारेमा प्रचार प्रसार गरेर मानिसहरुलाई सूचना दिन सक्यौं भने यो उपचार पद्दती हाम्रो अभिन्न अंग हुन्छ,’ उनले भने, ‘यो कुनै नयाँ चिकित्सा पद्दती होईन, प्राचिनतम उपचार पद्दती हो । रामदेव बाबा भन्दा पहिलेपनि विभिन्न योग गुरुले अनुलोम विलोम, कपालभाँती गर्थे तर उनले प्रचार गरे, योगले मानिस स्वास्थ रहन सक्छन । अहिले अधिकांश योग गर्छन् ।’

नेपाल भारत सहयोग मञ्च वीरगञ्जसँगको समन्वयमा बिहार एक्युप्रेसर योग कलेज गान्धी सेतु लिंक पथ विस्कोमान कोलोनी पटनाले कार्यक्रमको आयोजना गरेको थियो ।

जैन तेरापन्थी भवन आदर्शनगरमा भएको कार्यक्रममा बोल्दै सांसद लक्ष्मणलाल कर्णले ऐलोपेथिक उपचार पद्दतीका कारण सस्तो, सुलभ र उपयोगी प्राचिनतम उपचार पद्दतीहरुको प्रचार हुन नसकेको बताए । उनले प्रदेश सरकारले यसतर्फ ध्यान दिनुपर्नेमा जोड दिए ।

कार्यक्रममा बोल्ने वक्ताहरुले हानी रहित, कम खर्चिलो र अत्यन्त प्रभावकारी चिकित्सा पद्दती एक्युप्रेसर नेपालमा पनि विस्तार गर्नुपर्नेमा जोड दिए । उनीहरुले प्रदेश नं २ मा एउटा एक्युप्रेसर अध्यापन हुने विश्व विद्यालय नै आवश्यक रहेको बताए ।

एक्युप्रेसर महागुरु डा सर्वदेव प्रसाद गुप्ताले कार्यक्रममा एक्युप्रेशर चिकित्सा पद्दतीको बारेमा प्रकाश पारेका थिए ।

सोही अवसरमा मुख्य मन्त्री गद्दी लगायतका अतिथीहरुले मिसन वेजिटेरियन पुस्तकको विमोचन समेत गरिएको नेपाल भारत सहयोग मञ्चका अध्यक्ष अशोक वैद्यले जानकारी दिए ।

कार्यक्रममा एक्युप्रेसर पद्दतीबाट उपचार सेवा प्रदान गर्दै आएका र विभिन्न क्षेत्रमा विशेष योगदान दिएका व्यक्तित्वहरुलाई सम्मान समेत गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?