Comments Add Comment

पोखरा प्रिमियर लिगको हस्पिटालिटी पार्टनरमा ओयो

१२ असोज, काठमाडौं । पोखरा पि्रमियर लिग (पीपीएल) टि-ट्वान्टी क्रिकेट प्रतियोगिताको हस्पिटालिटी पार्टनरमा ओयो जोडिएको छ ।

क्विन्स इभेन्ट्स म्यानेजमेन्ट प्रालिले शुक्रबार पत्रकार सम्मेलन गरी ओयोसँग एक्सक्लुसिभ हस्पिटालिटी पार्टनरको रुपमा एक बर्षका लागि सम्झौता गरेको हो ।

सम्झौतापत्रमा क्विन्सका प्रबन्ध निर्देशक छुम्बी लामा र ओयोका कन्ट्री प्रमुख निसिद हलानीले हस्ताक्षर गरे ।

सर्वाधिक पुरस्कार राशीको पीपीएल लिग क्रिकेट कात्तिक ९ देखि २० गतेसम्म पोखरा रंगशालाको क्रिकेट मैदानमा हुदैछ ।

लिगमा विराटनगर टाइटन्स, चितवन राइनोज, पोखरा पल्टन, बुटवल ब्लास्टर, काठमाडौं रोयल्स र एक्स्पर्ट धनगढी ब्लुज गरी ६ टिम रहेका छन् ।

पीपीएल लिगको लागि १७९ जना खेलाडीले नामवली दर्ता पनि गरी सकेका छन् । दर्ता भएका खेलाडीको अक्सन यही असोज १४ गते आइतबार होटल सांगि्रलामा हुदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment