Comments Add Comment

एसिया कपः सातौं पटक भारत च्याम्पियन

१३ असोज, काठमाडौं । एसिया कप क्रिकेटको उपाधि भारतले जितेको छ । शुक्रबार भएको फाइनल प्रतिस्पर्धामा बंगलादेशलाई तीन विकेटले हराउँदै भारतले सातौं पटक एसिया कपको उपाधि उचाल्यो ।

भारतको जितमा रोहित शर्माले सर्वाधिक ४८ रन बनाए । रविन्द्र जडेजाले २३ र भुवनेश्वर कुमारले २१ रन योगदान गरे । केदार जाधव २३ र कुलदीप यादव पाँच रन बनाउँदै नटआउट रहे ।

त्यसअघि टस हारेर ब्याटिङ गरेको बंगलादेशले राम्रो सुरुआत गरेको थियो । उसको पहिलो विकेट १२० रनमा गुमेको थियो । तर बंगलादेशले ठूलो स्कोर खडा गर्न सकेन । बंगलादेश ४८ ओभर ३ बलमा २२२ रनमा अलआउट भयो । लक्ष्य पछ्याएको भारतले ५० ओभरमा २२३ रन बनाएर जित हासिल गर्‍यो ।

भारतका कुलदीप यादवले तीन र केदार जाधवले दुई विकेट लिए । जसपि्रत बुमराह र युजवेन्द्र चहलले एक-एक विकेट हात पारे ।

म्यान अफ दी म्याचको अवार्ड बंगलादेशका लिटन दास र म्यान अफ दी टुर्नामेन्ट भारतका शिखर धवनले हात पारे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment