+

यू-१९ एसिया कपः भारतसँग हार्‍यो नेपाल

२०७५ असोज  १३ गते १६:०४ २०७५ असोज १३ गते १६:०४
यू-१९ एसिया कपः भारतसँग हार्‍यो नेपाल

काठमाडौं । यू-१९ एसिया कप क्रिकेटमा नेपालले हारबाट यात्रा सुरु गरेको छ । शनिबार भएको खेलमा बलियो टोली भारतले नेपाललाई १७१ रनको फराकिलो अन्तरले हराएको हो ।

भारतले दिएको ३०५ रनको लक्ष्य पछ्याएको नेपालले ३६.५ ओभरमा सबै विकेट गुमाएर १३३ रन मात्र बनाउन सक्यो ।

नेपालका लागि कप्तान आसिफ शेखले २५, रोहितकुमार पौडेलले २४ र सन्दिप जोराले २० रन बनाए । ७ ब्याट्सम्यनले दोहोरो अंक नै जोड्न सकेनन् ।

यसअघि बंगलादेशको सभारमा पहिले ब्याटिङ गरेको भारतले यशस्वी जैसवालको शतकको मदतमा निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर ३०४ रन बनाएको थियो ।

उसको सुरुवात राम्रो रहृयो । पहिलो विकेटका लागि जैसवालले देवदत्त पडिकालले ८३ रनको साझेदारी गरे । पवन साह १३ रनमा आउट भए । तर, सिमरन सिंहले जैसवालसँग तेस्रो विकेटका लागि ७६ रनको साझेदारी गरे । जैसवाल १०४ रनमा आउट भए । यश राठोड मात्र ३ रनमा आउट भए ।

तर, आयुष बडोनीले सिमरनसँग ५४ रनको साझेदारी गरे । पाँचौं विकेटका रुपमा आउट भएका सिमरनले ८२ रन बनाए । बडोनीले ३३ रन जोडे ।

नेपालका भीम सार्कीले ४ विकेट लिए भने रसिद खानले २ विकेट आफ्नो नाममा लेखाए ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय