Comments Add Comment

८७ स्थानीय तह अझै वाणिज्य बैंकविहीन, कुन प्रदेशका कति तहमा पुगे ?

१३ असोज, काठमाडौं । ८७ स्थानीय तहहरुमा अझै वाणिज्य बैंक पुग्न नसकेको नेपाल राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकले नयाँ अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै चालु आर्थिक वर्षको भदौ मसान्तसम्म ८७ स्थानीय तहहरुमा वाणिज्य बैंक पुग्न नसकेको जनाएको हो ।

राष्ट्र बैंकको प्रतिवेदनमा भनिएको छ, ‘संघीयता कार्यान्वयनको क्रममा गठन भएका ७५३ स्थानीय तहहरुमध्ये २०७५ भदौ मसान्तसम्म ६६६ स्थानीय तहहरुमा वाणिज्य बैंकहरुको उपस्थिति रहेको छ ।’

कुन प्रदेशका कति स्थानीय तहमा वाणिज्य बैंक ?

राष्ट्र बैंकका अनुसार प्रदेश एकका १३७ स्थानीय तहहरु मध्ये ११८ स्थानीय तहहरुमा मात्रै वाणिज्य बैंकको उपस्थिति पुगेको छ । प्रदेश २ का १३६ स्थानीय तहहरु मध्ये २३० मा, प्रदेश ३ का ११९ स्थानीय तहहरु मध्ये १०८ स्थानीय तहमा, प्रदेश ४ को ८५ स्थानीय तहहरु मध्ये ८० तहमा र प्रदेश ५ का १०९ स्थानीय तहहरु मध्ये १०६ स्थानीय तहहरुमा वाणिज्य बैंक पुगिसकेका छन् ।

यसैगरी कर्णाली प्रदेश (प्रदेश ६) का ७९ स्थानीय तहहरु मध्ये ५९ स्थानीय तहहरुमा र सुदुरपश्चिम प्रदेश (प्रदेश ७) का ८८ स्थानीय तहहरु मध्ये ६५ तहहरुमा वाणिज्य बैंकका शाखा पुगेको राष्ट्र बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment