+
+
Shares

इन्डोनेसियामा भूकम्प र सुनामीः मृतकको संख्या ३८० पुग्यो

अनलाइनखबर अनलाइनखबर
२०७५ असोज १३ गते २१:०१

जाकार्ता । मध्य इन्डोनेसियामा पर्ने सुलावेसी प्रान्तमा गएको शक्तिशाली भूकम्प र त्यसपछि आएको सुनामीमा परी मृत्यु हुनेको संख्या ३८० पुगेको छ ।

सुलावेसीमा शुक्रबार ७.५ रेक्टर स्केलको भूकम्प गएको थियो । त्यसपछि आएको सुनामीमा तीन मिटर अग्लो छाल उठेको थियो ।

सरकारी अधिकारीहरूका अनुसार मृत्यु हुनेमा धेरै पालु शहरका छन्, जहाँ १० फिटसम्म अग्लो छाल शहरमा प्रवेश गरेको थियो । तस्वीरहरूमा सडकमा दर्जनौं शवहरु राखिएको देखिएको छ । कयौं भवनहरु पनि भत्किएका छन् ।

शहरको सबैभन्दा ठूलो अस्पतालमा समेत क्षतिग्रस्त भएको छ । अस्थायी टेन्टहरूमा राखेर घाइतेहरूको उपचार भइरहेको छ ।

समाचारहरूमा जनाइएअनुसार स्थानीय हवाइ अड्डामा पनि आंशिक क्षति पुगेको छ ।  यसले पालू शहरमा राहत सामाग्री लैजान समेत कठिनाई भइरहेको छ ।

इन्डोनेसियाको सुरक्षा फौजले राजधानी जाकार्ताबाट मा सैन्य सहयोग पुर्‍याउने प्रयास जारी राखेको छ ।

भूकम्पको केन्द्रबिन्दु सुलावेसी द्वीपमा १८ किलोमिटर गहिराइमा रहेको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्थाले (युएसजिएस) ले जानकारी दिएको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?