Comments Add Comment

निर्मला हत्या प्रकरणः निलम्बित एसपीसहित तीनै जनाको डीएनए मिलेन

१४ असोज, कञ्चनपुर । निर्मला पन्तको बलात्कार प्रकरणमा विवादित बनेका एसपी डिल्लीराज विष्टसहित तीन जनाको डीएनए परीक्षणको रिपोर्ट आएको छ । तर, तीनै जनाको रिपोर्ट मेल खाएन ।

कञ्चनपुरका एसपी कुबेरबहादुर कठायतले अनलाइनखबरसँग भने, ‘डीएनए रिपोर्ट आएको छ तर, मेल खाँदैन ।’

एसपी विष्ट, उनका छोरा किरण र भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्टका भतिजा आयुष विष्टको डीएनए टेष्ट गरिएको थियो ।

कञ्चनपुबासीले सुरुदेखि नै एसपी विष्टका छोरा र मेयरका भतिजमाथि छानविन गर्न माग गरेका थिए । तर, लामो समयसम्म उनीहरुलाई अनुसन्धानको दायरामा ल्याइएन । एसपी विष्टले पनि अनुसन्धानमा लापरवाही गर्नुका साथै प्रमाण नष्ट गर्न भूमिका खेलेको सरकारी छानविन समितिले जनाएको छ ।

छानविन समितिकै सिफारिसका आधारमा एसपी विष्टलाई निलम्बन गरिएको छ ।

यसअघि प्रहरीले मुख्य अभियुक्तको रुपमा सार्वजनिक गरेको दिलिपसिंह विष्टको पनि डीएनए रिपोर्ट नेगेटिभ आएको थियो ।

साउन १० गते साथी रोशनी बमको घर गएकी १३ वर्षीया पन्तको बलात्कारपछि हत्या गरिएको अवस्थामा भोलिपल्ट विहान उखुबारीमा शव भेटिएको थियो । तर, उनको हत्यामा संलग्न व्यक्तिलाई प्रहरीले अझै पक्राउ गर्न सकेको छैन ।

यो पनि पढ्नुहोस्

निर्मला हत्याकाण्डः उच्चस्तरीय समितिको प्रतिवेदन गृहमै गुपचुप

निर्मला हत्या प्रकरणः दुई महिना बित्यो, घटनास्थलसमेत पत्ता लागेन !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment