+
+
Shares

५ अर्बको रिभर्स रिपो बोलकबोल आज

अनलाइनखबर अनलाइनखबर
२०७५ असोज १४ गते ११:२७

१४ असोज, काठमाडौं । नेपाल राष्ट्र बैंकले आज आइतबार ५ अर्ब रुपैयाँको रिभर्स रिपो जारी गर्ने भएको छ । ५ अर्ब रुपैयाँको रिभर्स रिपोका लागि राष्ट्र बैंकले मध्यान्ह ३ बजे बोलकवोल हुने जनाएको छ ।

बैंक तथा वित्तीय संस्थाहरुमा तरलता बढी भएको अवस्थामा केन्द्रीय बैंकले रिभर्स रिपोमार्फत तरलता प्रशोचन गर्ने गर्दछ । ७ दिनमा परिपक्व हुने गरी केन्द्रीय बैंकले रिभर्स रिपो जारी गर्न लागेको हो ।

यस अघि गत बिहीबार पनि राष्ट्र बैंकले ५ अर्ब रुपैयाँको रिभर्स रिपो जारी गरेको थियो । नयाँ आर्थिक वर्ष शुरु भएसँगै बैंक तथा वित्तीय संस्थाहरुमा तरलताको मात्रा पर्याप्त देखिएको छ ।

अधिक तरलता खिच्न र ब्याजदरलाई व्यवस्थित गर्न रिभर्स रिपो जारी गर्न लागिएको राष्ट्र बैंकले बताएको छ । बैंकमा निक्षेप पर्याप्त भएपछि बैंकहरुले बचतकर्तालाई दिने निक्षेप तथा कर्जाको ब्याज दर समेत घटाउन थालेका छन् ।

राष्ट्र बैंकले बजारमा तरलता अपुग भएको बेला रिपो जारी गरेर तरलता प्रवाह गर्ने गर्दछ । रिपो जारी गर्दा बैंकहरुले आफूसँग भएको सरकारी ऋणपत्र धितो राखेर केन्द्रीय बैंकबाट कर्जा लिन पाउँछन् । त्यस्तै रिभर्स रिपो भनेको त्यसको ठीक उल्टो आफूले राष्ट्र बैंकलाई ऋण दिन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?