Comments Add Comment

घरको छतबाट खसेर भक्तपुरमा १ जनाको मृत्यु

१४ असोज, भक्तपुर । भक्तपुर नगरपालिका–१० कमल विनायक बस्ने ५७ वर्षीया प्रेमिला शाक्यको घरको झ्यालको सिसा सफा गर्ने क्रममा खसेर मृत्यु भएको छ ।

आफ्नै पाँचतले घरको झ्यालको सिसा सफा गर्ने क्रममा खसेर शनिबार मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

त्यसैगरी, भक्तपुरको मध्यपुरठिमी नगरपालिका–७ नगदेश बस्ने साबित्री श्रेष्ठको चिया पसलमा जुवातास खेलिरहेका १४ जनालाई नगद रु ९४ हजार ७३० सहित प्रहरीले शनिबार पक्राउ गरेको छ । जुवाताससहित प्रहरीले पक्राउ गरेको सबैलाई प्रहरी वृत्त थिमिमा राखेर थप अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment