+
+

सेयर बजारमा दोहोरो अंकको गिरावट

अनलाइनखबर अनलाइनखबर
२०७५ असोज १४ गते १६:३२

१४ असोज, काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजारमा दोहोरो अंकको गिरावट देखिएको छ । नेप्से परिसूचक आइतबार १० दशमलव ४७ अंकले ओरालो लागेको हो । १ हजार २ सय ६७ दशमलव १९ अंकबाट शुरु भएको कारोबार १० दशमलव ४७ अंकले घट्दा आइतबार नेप्से परिसूचक १ हजार २ सय ५६ दशमलव ७१ अंकमा आइपुगेको छ ।

कारोबार रकम भने करिब ५९ करोड रुपैयाँ पुगेको छ । दिनभरमा भएका ५ हजार ८ सय २८ कारोबारबाट २१ लाख ६ हजार ९ सय ४९ कित्ता सेयर किनबेच भएका छन् ।

जसअनुसार कारोबार रकम ५८ करोड ८५ लाख ६४ हजार ३ सय ४९ रुपैयाँ पुगेको छ । आइतबार सबैभन्दा धेरै ग्लोबल आइएमई बैंकको सेयर कारोबार भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?