+

यू–१९ एसिया कपः नेपाल १३१ मै अलआउट

२०७५ असोज  १५ गते १२:१३ २०७५ असोज १५ गते १२:१३
यू–१९ एसिया कपः नेपाल १३१ मै अलआउट

काठमाडौं । यू–१९ एसिया कपमा नेपालले अफगानिस्तानसामू १३२ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ । उसले अहिले जवाफ ब्याटिङ गरिरहेको छ ।

बंगलादेशमा टस जितेर ब्याटिङ रोजेको नेपालले ३८.४ ओभरमा सबै विकेट गुमाएर १३१ रन मात्र बनाउन सक्यो ।

नेपालका रोहितकुमार पौडेल मात्र १ रनले अर्धशतक बनाउन चुके । रसिद खानले २९ रन बनाउँदा कप्तान आसिफ शेखले २० र रित गौतमले १० रन बनाए । अन्य ब्याट्सम्यानले दोहोरो अंक समेत जोड्न सकेनन् ।

अज्मतुल्लाह उमरजाइले चार विकेट लिए । ९ ओभर बलिङ गरेका उनले चार मेडन राख्दै मात्र १४ रन खर्चिए ।

क्रिकेट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय