Comments Add Comment

विराटनगर महानगरमा बम विस्फोट प्रकरणः गोइत कार्यकर्ता धरौटीमा छुटे

१५ असोज, विराटनगर । विराटनगर महानगरपालिकामा बम विस्फोट गराएको आरोपमा पक्राउ परेका गोइत समूहका तीन जना धरौटीमा छुटेका छन् ।

गत साउन २७ गते महानगरमा बम विस्फोट गराएको आरोपमा पक्राउ परेका तीन जनालाई जिल्ला अदालत मोरङमा मुद्दा चलाइएको थियो ।

मुद्दाको थुनछेक बहसपछि बिहीबार न्यायाधीश नारायणप्रसाद शर्माको इजलासले तीन जनालाई नै जनही ३८ हजार धरौटीमा छाड्ने आदेश दिएको थियो । आदेश लगतै धरौटी बुझाएर मोरङ जहदा गाउँपालिका २ का ५३ वर्षीय मनोजकुमार सिंह बिहीबार छुटेका थिए ।

धरौटी बुझाउन नसकेका सिराहा लक्ष्मीपुरपतार गाउँपालिका-३ का २० वर्षीय अभिमन्नु गिरी र सिराहा सुखिपुर नगरपालिका ५ का २४ वर्षीय रामरिझन यादव पूर्पक्षका लागि कारागार चलान भएका थिए । तर, उनीहरुले पनि ३८/३८ हजार धरौटी बुझाएपछि आइतबार कारगारबाट छुटेका छन् ।

कारागारबाट छुटे लगतै यादवलाई मोरङ प्रहरीले पक्राउ गरेको छ । उनलाई पक्राउ गरी मोरङ प्रहरीले सिराहा प्रहरीको जिम्मा लगाएको छ । सिराहाको लहानमा बम विस्फोट गराएको मुद्दामा यादव फरार प्रतिवादी हुन् ।

पक्राउ परेकाहरु विस्फोटक पदार्थ मुद्दा चलाइएको थियो । अदालतले विस्फोटक पदार्थ ऐन २०१८ को दफा ४ (१) र मुलुकी अपराधसंहिता २०७४ को दफा १४१ उपदफा २ बमोजिम धरौटी बुझाएर मुद्दाको पूर्पक्ष गर्ने आदेश दिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment