Comments Add Comment

सेयर बजारमा १८ अंकको गिरावट, कारोबार रकम करिब ५४ करोड

१५ असोज, काठमाडौं । सेयर बजार १८ दशमलव ०४ अंकले घटेको छ । साताको दोस्रो दिन सोमबार सेयर बजार १८ दशमलव ०४ अंकले घटेर नेप्से परिसूचक १ हजार २ सय ३८ अंकमा आइपुगेको छ । यसअघि आइतबारको कारोबारमा पनि १० दशमलव ४७ अंकले गिरावट आएको थियो । नेप्से परिसूचकसँगै सोमबार कारोबार रकममा समेत कमी आएको छ ।

दिनभर ५ हजार ७ सय ९७ कारोबारबाट १७ लाख ६१ हजार ८ सय १७ कित्ता सेयर किनबेच भएका छन् । जसअनुसार कारोबार रकम ५३ करोड ९६ लाख ३ हजार ९ सय ३५ रुपैयाँको कारोबार भएको छ । आइतबारको तुलनामा कारोबार रकम करिब ५ करोडले घटेको हो । आइतबारको कारोबार ५८ करोड ८५ लाख ६४ हजार ३ सय ४९ रुपैयाँको सेयर खरिदबिक्री भएको थियो ।

सोमबार सबैभन्दा धेरै नेपाल बैंक लिमिटेडको सेयर कारोबार भएको छ । ७ करोड ८८ लाख ९८ हजार १५ रुपैयाँको कारोबारसहित कारोबार रकमका आधारमा नेपाल बैंक अग्रस्थानमा देखिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment