१५ असोज, काठमाडौं । अटोमोबाइल ब्राण्ड एचएच बजाजले चितवनको हाकिमचोकमा आफ्नो नयाँ स्वरुम स्थापना गरेको छ । पूर्ण सुविधासहितको नयाँ शोरुम ‘एन के मोटर्स’ सञ्चालनमा ल्याइएको नेपालका लागि बजाजको आधिकारिक विक्रेता हंशराज हुलासचन्द एण्ड कम्पनीले जनाएको छ ।
नयाँ शोरुमले ग्राहकहरुलाई बाइकको स्पेयर पार्टस तथा एसेसरिज खरिदका लागि सहज बनाउने अपेक्षा कम्पनीको छ । नयाँ शोरुम सञ्चालनमा आएसँगै, शोरुमले ग्राहकहरु लागि आकर्षक पुरस्कारहरु पनि प्रदान गरेको कम्पनीले जनाएको छ ।
कम्पनीका जेनरल म्यनाजेर योगेन गुरुङले नयाँ शोरुम संचालनमा आएको घोषणा गर्न पाउँदा निकै खुशी लागेको बताए । ग्राहकहरुको बढ्दो मागका कारण चितवनको हाकिमचोकमा पनि नयाँ शोरुम स्थापना गर्न उत्साहित बनाएको उनको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4