Comments Add Comment

फेसबुक लाइभ गरेर चितवनका एक युवकद्वारा आत्महत्या

१५ असोज, काठमाडौं । सामाजिक सञ्जाल फेसबुकमा लाइभ देखाउँदै चितवनका एक युवकले आत्महत्या गरेका छन् ।

कालिका नगरपालिका–७ का २५ वर्षीय निश्चल तामाङले आत्महत्या गरेका हुन् । उनले आफ्नै कोठामा झुण्डिएर आत्महत्या गरेको भेटिएको जिल्ला प्रहरी कार्यालय, चितवनले जनाएको छ ।

उनको पोष्टमार्टमपछि थप अनुसन्धान थालिएको प्रहरीको भनाइ छ ।

तामाङले फेसबुकमा लाइभ जानु २ घण्टा अगावै केही गम्भीर कुरा हुन लागेको उल्लेख गर्दै स्टाटस लेखेका थिए ।

उनले मध्यराति १२ बजे आफू लाइभ आउने बताउँदै भिडियो रेकर्ड गर्न समेत भनेका थिए । तर, त्यसवेला उनको त्यो स्टाटसलाई गम्भीरताका साथ लिइएन । उनको त्यो पोष्टमा कुनै प्रतिक्रिया आएको थिएन ।

मध्यराति १२ बजेको जनाउ दिँदै उनले उनले अर्को स्टाटस पोष्ट गरेका थिए ।

त्यसपछि दुई वटा स्टाटस लेखेर उनी मदिरा पिउँदै लाइभमा आएका थिए । लाइभमा उनले आफू जिन्दगीबाट आजित भएको बताएका थिए ।

उनले आमाको सलमा आफू झुण्डिन लागेको भन्दै सल समेत देखाएका थिए । आधा घण्टा लामो फेसबुक लाइभमा क्रममा थुप्रै भिजिटरहरु त्यहाँ जोटिएका थिए ।

कतिपयले उनलाई त्यसो नगर्न सुझाव दिए । कतिपयले नेपाल प्रहरीको पेजलाई पनि मेन्सन पनि गरे । यद्यपि, उनी अाफ्नो निर्णयबाट पछि हटेनन् आत्महत्या गरी छाडे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment