+
+
Shares

भक्तपुरबाट ७ जुवाडे पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७५ असोज १६ गते ७:५८

१६ असोज, भक्तपुर । महानगरीय प्रहरी वृत्त जगातीले जुवातास खेल्दै गरेको अवस्थामा सोमबार सात जनालाई रु १ लाख ३० हजारसहित पक्राउ गरेको छ ।

भक्तपुर नगरपालिका–३, बाराहीस्थानस्थित दुर्गालाल श्रेष्ठको घरमा डेरा गरी बस्ने भक्तपुर नगरपालिका इताछेका ४४ वर्षीय जीवन शाहीको कोठामा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले सातै जनालाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिए ।

पक्राउ पर्नेमा जीवन शाही, मदनकुमार राजवंशी, विवेक लामा, विक्रम तामाङ, सन्तोष श्रेष्ठ, बलबहादुर खत्री र सुकराम तामाङ रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?