News Summary
Generated by OK AI. Editorially reviewed.- एफवानसफ्ट ग्रुपले रसुवाको भोटेकोशी बाढी प्रभावितको सहयोगार्थ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ३५ लाख सहयोग गरेको छ।
- ई–सेवा, फोनपे, एफवानसफ्ट इन्टरनेशनल र ई–सेवा मनि ट्रान्स्फरका कर्मचारीको संयुक्त पहलमा यो रकम प्रदान गरिएको ग्रुपले जनाएको छ।
- फोनपे मार्फत ८,६२,४४५ प्रयोगकर्ताले २ अर्ब १९ करोड सहयोग गरेका छन्, जसमा भारतबाट १९,८५८ र चीन तथा दक्षिणपूर्वी एसियाबाट २,९६५ प्रयोगकर्ताको योगदान छ।
१८ भदौ, काठमाडौं । रसुवाको भोटेकोशीमा आएको बाढी प्रभावितहरूको सहयोगार्थ एफवानसफ्ट ग्रुपले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ३५ लाख सहयोग गरेको छ ।
ई–सेवा, फोनपे, एफवानसफ्ट इन्टरनेशनल, र ई–सेवा मनि ट्रान्स्फर तथा ग्रुप कम्पनीका कर्मचारीहरूको संयुक्त पहलमा सो रकम सहयोग गरिएको एफवानसफ्ट ग्रुपले जनाएको छ ।
कम्पनी र कर्मचारीहरूको संयुक्त प्रयासमा गरिएको यो सहयोग बाढीबाट प्रभावितहरू सँगै उभिने र आवश्यक परेको समयमा राहत तथा पुन:स्थापनाका प्रयासमा सहयोग पुर्याउने उद्देश्यले यो योगदान गरिएको ग्रुपले बताएको छ ।
हालसम्म ई–सेवाका १,२९,०१३ प्रयोगकर्ताले ९ करोड ७० लाख सहयोग गरेका छन् भने फोनपेका ८,६२,४४५ प्रयोगकर्ताले २ अर्ब १९ करोड सहयोग गरेका छन् ।
फोनपे मार्फत प्राप्त सहयोगमा अन्तर्राष्ट्रिय योगदान पनि समावेश छ ।
भारतबाट एनपीसीआई–इन्टिग्रेटेड पेमेन्ट मार्फत १९,८५८ प्रयोगकर्ताले ४ करोड २२ लाख र चीन तथा दक्षिणपूर्वी एसियाबाट अलिपे मार्फत २,९६५ प्रयोगकर्ताले १ करोड ६३ लाख सहयोग गरेको एफवानसफ्ट ग्रुपले बताएको छ ।
साथै, प्रभावित क्षेत्रमा निरन्तर खटिएर उद्धार, राहत तथा सहयोगमा जुटिरहेका सरकारी निकाय, स्वयंसेवक, विभिन्न संघसंस्था तथा व्यक्तिहरूप्रति एफवानसफ्ट ग्रुपले आभार व्यक्त गरेको छ ।
प्रतिक्रिया 4