Comments Add Comment

गाडी तोडफोडको भिडियो बाहिरिएपछि तनुश्रीको पल्ला भारी

बलिउड अभिनेत्री तनुश्री दत्तले नाना पाटेकरमाथि विभिन्न आक्षेपहरु लगाइरहँदा धेरैले पत्याइरहेका थिएनन् । तर, अहिले १० वर्ष अगाडिको एउटा भिडियो सार्वजनिक भएको छ, जसले उनीप्रति सहानुभूति ह्वात्तै बढाएको छ । यो भिडियो सोही चलचित्र ‘हर्न ओके प्लीज’ को सुटिङ स्पटको हो । भिडियोमा नाना पाटेकरका समर्थहरुले तनुश्रीको गाडीमा तोडफोड गर्दै तान्डव मच्चाएका छन् । गाडीभित्र तनुश्री तनावमय तर प्रतिक्रियाविहिन देखिन्छिन् ।

गाडीको हावा एकजनाले फुस्काउँछन् । अर्का एक जना गाडीको हुटमाथि चढेर उपि|mन्छन् । केहीले शिशा फुटाउँछन् । यो सबै भइरहँदा आक्रमणकारीहरुलाई कसैले रोक्ने प्रयास गरेको छैन । निकैबेरपछि मात्रै प्रहरी आउँछन् र गाडी घिसार्दै लैजान्छन् ।

यो भिडियोले प्रष्ट पारेको छ कि तनुश्रीले लगाएको आरोप कुनै फन्डा मात्रै थिएन र, वास्तवमै त्यहाँ बबाल भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment