१६ असोज, गुल्मी । जिल्लाको गुल्मी दरबार गाउँपालिका–३, कमलपोखरी निवासी ५० वर्षीइ सावित्रा कुँवर मगर मृत अवस्थामा फेला परेकी छन् ।
सावित्राको शव चन्द्रकोट गाउँपालिका–७ स्थित बडिगाढ खोलामा तैरिरहेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय, गुल्मीका प्रहरी नायव निरीक्षक शिवबहादुर खत्रीले जानकारी दिए ।
सावित्रा असोज ११ गते छत्रकोट गाउँपालिकामा रहेको साथीको घर जाने भन्दै घरबाट हिँडेकी थिइन् । साथीको घर नपुगी बेपत्ता भएकी उनको ५ दिनपछि शव फेला परेको हो ।
प्रहरी नायब निरीक्षक खत्रीले पोस्टमार्टमका लागि शव सदरमुकाम रहेको जानकारी दिँदै थप अनुसन्धान भइरहेको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4