+
+
Shares

बर्जर पेन्ट्स नेपालद्वारा उद्धार कोषमा ५० लाख सहयोग

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १९ गते १९:०८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बर्जर पेन्ट्स नेपालले बाढी प्रभावितको उद्धार, राहत र पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख रुपैयाँ सहयोग गरेको छ।
  • कम्पनीको टोलीले अर्थमन्त्री स्वर्णिम वाग्लेलाई उक्त रकम हस्तान्तरण गरेको छ।
  • कम्पनीले विपद्को कठिन परिस्थितिमा देश र जनताको साथमा उभिनु दायित्व रहेको भन्दै समृद्ध नेपाल निर्माणको यात्रामा प्रतिबद्ध रहने जनाएको छ।

१९ भदौ, काठमाडौं । बर्जर पेन्ट्स नेपालले सामाजिक उत्तरदायित्व अन्तर्गत बाढी प्रभावितको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि ५० लाख रुपैयाँ सहयोग प्रदान गरेको छ ।

विपद्को कठिन परिस्थितिमा देश र जनताको साथमा उभिनु दायित्व रहेको बताउँदै बर्जरले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सो रकम सहयोग प्रदान गरेको हो । कम्पनीको एक टोलीले अर्थमन्त्री स्वर्णिम वाग्लेलाई रकम हस्तान्तरण गरेको छ ।

प्राकृतिक विपत्तिबाट प्रभावित क्षेत्रमा राहत तथा पुनस्र्थापनाका लागि केही सहयोग पुग्ने कम्पनीले विश्वास व्यक्त गरेको छ ।

२५ वर्षदेखि विश्वास र गुणस्तरको पर्याय बन्दै आएको बर्जर पेन्ट्स नेपालले सबैको साझा प्रयास र सहयोगबाट मात्र कठिन परिस्थितिबाट छिट्टै उठ्न सकिने उल्लेख गर्दै समृद्ध नेपाल निर्माणको यात्रामा सधै प्रतिबद्ध रहने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?