+
+
Shares

एप्पललाई ९ अर्ब डलर किन तिर्दैछ गुगलले ?

अनलाइनखबर अनलाइनखबर
२०७५ असोज १६ गते ११:२७

इन्टरनेट जाएन्ट गुगलले आइफोन निर्माता कम्पनी एप्पललाई ९ अर्ब अमेरिकी डलर भुक्तानी गर्ने भएको छ । आइफोनको अपेरेटिङ सिस्टम आइओएसको सफारी ब्राउजरमा डिफल्ट सर्च इन्जिनको रुपमा कायम रहनका लागि गुगलले यति मोटाे रकम एप्पललाई चुक्ता गर्ने भएको हो ।

गोल्डम्यान साचका विश्लेषक रड हलका अनुसार सन् २०१८ मा ९ अर्ब डलर तिर्ने गुगलले सन् २०१९ मा चाहीँ १२ अर्ब डलर एप्पललाई तिर्नुपर्नेछ ।

एप्पललाई आइओएसको सफारीमा डिफल्ट सर्च इन्जिनको रुपमा गुगलको प्रयोग गर्दै आएको भएपनि सिरीमार्फत वेब सर्च गर्दा विभिन्न प्लाटफर्ममा बिंग सर्च इन्जिनको प्रयोग र्गछ ।

गुगल र एप्पलबीचको सम्बन्ध निकै रोचक रहने गरेको विश्लेषकको भनाई छ । गुगल सर्च इन्जिनमा हुने वेब ट्राफिकमा ठूलो योगदान एप्पलका ग्याजेटबाट हुने ब्राउजिङले ओगट्ने गरेको छ ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?