+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

ज्येष्ठ नागरिक दिवसकै दिन ७४ वर्षीया बृद्धा बलात्कृत

अनलाइनखबर अनलाइनखबर
२०७५ असोज १६ गते १४:५७

१६ असोज, डोटी । विश्वभरी २८ औं अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाइरहेको दिन डोटीमा एकजना बृद्धा बलात्कृत भएकी छन् ।

सोमवार बिहान ७ बजेतिर आफ्नो गाउँबाट छिमेकी गाउँ जाने क्रममा बडीकेदार गाउँपालिका-३ की ७४ वर्षीया बृद्धा बलात्कृत भएकी हुन ।

उनलाई बाटोमा एक्लै हिँडिरहेको देखेपछि बोगटान गाउँपालिका-१ सिमचौर पान्सा घर भएका करिब २२ वर्षीय गणेश भनिने एकेन्द्र धामीले बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

पीडित महिला चिच्याएको आवाज सुनेपछि घटनास्थलतर्फ गएका स्थानीयवासीले एकेन्द्रलाई नियन्त्रणमा लिइ प्रहरीको जिम्मा लगाएका थिए ।

बलात्कारको अारोप लागेका धामी प्रहरीकै नियन्त्रणमा छन् । उनीबिरुद्ध जवरजस्तीकरणी सम्बन्धी मुद्धा चलाइने जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक धु्रब बिष्टले जानकारी दिए ।

उक्त घटनासहित डोटी जिल्लामा साउन यता बलात्कारका पाँच घटनाहरु भएका जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ ।

साउन यता बलात्कारका पाँच घटना

साउन १७ गते डोटी आदर्श गाउँपालिकामा २२ वर्षीया एक महिलालाई घरमै गइ बलात्कार गर्न खोजेको आरोपमा आदर्श गाउँपालिका-२ मा ३० वर्षीया धौले लुहारबिरुद्ध बलात्कारको प्रयासमा मुद्धा दर्ता भएको छ ।

यस्तै शिखर नगरपालिकाकी १६ वर्षीया बालिकामाथि जवरजस्ती करणी गरेको आरोपमा सायल गाउँपालिका-६, डोटी घर भइ हाल शिखर नगरपालिका-६ मा बस्दै आएका शिवराज लुहारलाई प्रहरीले पत्राउ गरेको छ ।

पूर्वीचौकी गाउँपालिकाकी २१ वर्षीया अपाङ्ग महिलालाई जवरजस्तीकरणी गरेको आरोपमा सोही गाउँपालिका वडा नं. ५ का ३५ वर्षीय शिव लुहारबिरुद्ध जवरजस्ती करणीको मुद्धा दर्ता भएको छ ।

शिखर नगरपालिकाकी १७ वर्षीया बालिकालाई जवरजस्तीकरणी गरेको आरोपमा शिखर नगरपालिकाकै एक युवकलाई प्रहरीले गिरफ्तार गरेको छ ।

यी घटनामध्ये एक घटना जेठमा भएको भएपनि प्रहरीमा उजुरी असोजमा मात्रै आएको प्रहरी निरीक्षक बिष्टले जानकारी दिए । ‘एक वर्षसम्म हदम्याद राखिएको छ, त्यसकरण ढिलो गरी पनि मुद्धा लिएर आउँछन्,’ निरीक्षक बिष्टले भने, ‘बिगतका वर्षहरुको तुलनामा यस वर्ष जबरजस्तीकरणी सम्बन्धी घटनाहरु बढी नै आईरहेका छन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?